
१९ बैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार गरिएको नमुना परीक्षणमा आफुहरु दुवैजनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री ढकालले जानकारी दिएका छन् ।
आफुहरुमा कोरोना पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा रहेको मन्त्री ढकालले सामाजिक संजालमार्फत् जानकारी दिएका छन् ।
‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ । धन्यवाद ।’