back
CTIZAN AD

आज रातिदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडानमा रोक

वि.सं.२०७८ वैशाख २० सोमवार

762 

shares

२० बैशाख, काठमाडौं । आज राति १२ बजेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडानका सबै सेवा बन्द गरिने भएको छ ।

नेपालमा केही सातायता कोरोना संक्रमण भयावह रुपमा बढ्दै गएको निष्कर्षसहित बैशाख मसान्तसम्म आन्तरिक तथा केही अन्तराष्ट्रिय उडानमा रोक लगाउने आइतबारको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार आइतबारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकले भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पूर्ण रुपमा बन्द गर्ने र अन्य अन्तराष्ट्रिय उडानमा मापदण्ड पूरा गरेर उडान गर्न सकिने बताइएको छ ।

यसैबीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताववावु तिवारीले अन्तराष्ट्रिय उडानमा रोक लगाउने भन्ने बारेमा पूर्ण निर्णय बाहिर नआइसकेको बताए । ‘आन्तरिक उडान आज राति १२ बजेदेखि बन्द हुनेछ । अन्तराष्ट्रिय उडान बन्द हुने भनेर निर्णय बाहिर आइसकेको छैन । आज दिनभरीमा त्यसको बारेमा पनि पूर्ण निर्णय आइसक्ला !’ महाप्रबन्धक तिवारीले संसारन्युजसँग भने ।

 

वि.सं.२०७८ वैशाख २० सोमवार ०८:३८ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...