back
CTIZAN AD

आफ्नालाई शिक्षक बनाउन उत्तरपुस्तिका फेरबदल

वि.सं.२०७३ माघ २४ सोमवार

1K 

shares

२४ माघ,जाजरकोट । आफू निकटका व्यक्तिलाई शिक्षक नियुक्ति गर्न उत्तरपुस्तिका नै फेरबदल गरिएको छ । जुर्क दहस्थित अमरज्योति आधारभूत प्राथमिक विद्यालयको प्राथमिक तह राहत शिक्षक नियुक्तिमा त्यस्तो भएको हो ।

विद्यालय निरीक्षक धनञ्जय आचार्य, प्रधानाध्यापक कैलाश साहलगायतको मिलेमतोमा पुस्तिका फेरबदल भएको परीक्षार्थीको आरोप छ । शिक्षक नियुक्तिका लागि विद्यालयले गत शुक्रबार जिल्ला शिक्षा कार्यालयमै लिखित र मौखिक परीक्षा सञ्चालन गरेको थियो । सहभागी ११ मध्ये सर्पे तिरुवा, शोभा बुढा, पूर्णबहादुर घर्ती र खिमबहादुर खड्का लिखितमा सफल भए ।

तिरुवाले लिखित तथा मौखिक परीक्षामा सबैभन्दा बढी ५० अङ्क ल्याए । घर्तीले ४६ पाए । प्रअ साह, निरीक्षक आचार्य र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीना घर्तीलगायतको मिलेमतोबाट रातारात उत्तरपुस्तिका नै परिवर्तन गर्ने काम भयो । परीक्षार्थी घर्तीको प्राप्ताङ्क सर्पेको भन्दा केही बढी गराएर फर्जी काम भएको खुलेको छ ।

लिखित र मौखिकको अङ्क जोडेको मुचुल्कामा सबैले हस्ताक्षर गर्दासम्म सबैभन्दा बढी अङ्क आफ्नै भएको परीक्षार्थी सर्पेले बताउनुभयो । “परीक्षाफल प्रकाशनको मुचुल्का भइसकेपछि कोठातर्फ लागियो, राति त घर्ती उत्तीर्ण भएको सूचना आयो” – उहाँले भन्नुभयो । सर्पेले परीक्षा सञ्चालनमा जिम्मेवारी लिएका सम्बन्धित पक्षले घर्तीलाई शुक्रबार राति नै पुनः परीक्षा दिनलगाई अर्को उत्तरपुस्तिका तयार गरेर मुचुल्कासमेत बदलेको आरोप लगाउनुभयो । ती सबैको मिलेमतोमा भेरीमालिका नगरपालिका–१३ कुदुस्थित एक होटलमा अर्को उत्तरपुस्तिका र मुचुल्का तयार भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले बताउनुभयो । परिवर्तन गरेको उत्तरपुस्तिका प्रधानाध्यापक साहले नै राखेको र निरीक्षक आचार्य, विषय विशेषज्ञलगायतको सहमतिमा उक्त कार्य भएको घर्तीले स्वीकारे ।

विद्यालयले विषय विशेषज्ञका रूपमा शिक्षक वीरबहादुर शाही र बिना शाहीलाई मनोनयन गरेको थियो । जिल्ला शिक्षाले कार्यालयका तर्फबाट विद्यालय निरीक्षक आचार्यलाई परीक्षा सञ्चालन गर्न खटाएको थियो ।
आर्थिक प्रलोभन र राजनीतिक आस्थाका आधारमा उत्तरपुस्तिका नै फेरबदल भएको सर्पेको आरोप छ । अवैध कार्यको उचित छानबिन गरी आफूलाई नियुक्ति पाउने व्यवस्था मिलाइदिन उहाँले जिल्ला प्रशासनमा उजुरी दिनुभएको छ ।

आधारभूत विद्यालय जुर्कको शिक्षक नियुक्तिका लागि लिएको परीक्षामा अनियमितता भएको भन्ने उजुरी आएको जिशिअ ललितविक्रम सिंहले पुष्टि गर्नुभएको छ ।

वि.सं.२०७३ माघ २४ सोमवार ११:५९ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...