back
CTIZAN AD

तपाईं कोभिडको कुन बर्गमा हुनुहुन्छ ? कसरी ख्याल गर्ने ? – डा. ओममुर्ति अनिल

वि.सं.२०७८ वैशाख २९ बुधवार

834 

shares

२९, बैशाख, काठमाडौं । कोभिडको लक्षणलाई हामीले ३ भागमा विभाजन गरौं । पहिलो ५ दिन, दोस्रो ५ दिन र तेस्रो ५ दिन् । पहिलो ५ दिनमा लक्षण बढि हुन्छ । खोकी लाग्ने, रुघा लाग्ने, ज्वरो आउने र जिउ दुख्ने हुन्छ । अनि विस्तारै निको भैहाल्छ ।

दोस्रो ५ दिनमा जटिलता आउने सम्भावना हुन्छ । जसलाई हामी कोभिड निमोनिया कम्प्लीकेशनको कुरा गर्छौं । यो दोस्रो ५ दिनमा के के कुराको मोनिटर गर्ने ? अक्सिजन हेर्नुहोस ९५ प्रतिशत भन्दा बढि छ कि छैन् ? दोस्रो नाडीको गति, हामी पल्स रेट भन्छौं । यदि ज्वरो नआएको बेलामा पनि सय भन्दा बढि छ भने त्यो नराम्रो कुरा हो । स्वासप्रस्वासको गति यदि बढिरहेको छ भने यो जटिलताको फेज हो । दोस्रो ५ दिनमा यदि तपाईंलाई यस्तो कुनै लक्षण आएन भने तपार्ईं रिकभर भैसक्नुभयो ।

रिकभरीमा हुँदा पनि कसैकसैलाई खोकी लाग्ने, जिउ गल्ने कमजोरी हुने, यस्तो लक्षणहरु देखिने गरेको छ । त्यस्तो हो भने यो जटिल समस्या होइन् । तेस्रो ५ दिनमा पिसिआर पोजेटिभ आउन सक्छ अथवा १० दिन पछि पनि तपाईं पिसिआर गर्नुभयो भने रिपोर्ट पोजेटिभ आउन सक्छ । बढिमा तपाईं आफुलाई १५ दिनसम्म आइसोलेट गरेर राख्न सक्नुहुन्छ, तर घरमा बस्दाखेरि शारिरिक गतिविधि यस्तो हुनुपर्छ कि तपाईं १५ दिनपछि आफ्नो एक्टिभ लाइफमा फर्किन सक्नुहुन्छ ।

शुरुवाती लक्षणहरु साधारण भएपनि ज्वरो मन्द आएपनि तपाईं जटिलता गु्रुपमा पर्नुुहुन्छ भने तपाईं सिभियर कोभिड वा निमोनियामा जान सक्नुहुन्छ । यस्तो बर्गका व्याक्तिहरुले माइल्ड सिन्ड्रमलाई पनि सिरियस्ली लिनुपर्छ र नियमित मोनिटर गरिराख्नुपर्छ । कि तपाईंलाई कोभिड निमोनियाको लक्षणहरु देखा पर्छ कि पर्दैन् ? यदि ज्वरो ३/४/५ दिन भन्दा बढि गयो, ज्वरो हाई ग्रेड फिबर छ, १ सय ३/४ ग्रेड आइरहेको छ, ज्वरो सिटामोल खाएपछि घट्छ वा त्यसपछि फेरि बढ्न थाल्छ । ज्वरो शुरुको केहि दिनमा आएन र त्यसपछि बढ्न थाल्यो भने तपाईंलाई कोभिड निमोनियाको सम्भावना छ ।

यदि खोकी बारम्बार आइरहेको छ । खोकी गर्दा खेरी तपाईंलाई छाती दुख्ने गर्छ । आवाज आउँछ, घ्यार–घ्यार हुन्छ, खकार पँहेलो आउँछ वा रगत मिसिएको आउँछ भने बुझ्नुस यो निमोनियाको लक्षण हो । यदि तपाईंलाई स्याँ–स्याँ हुन थाल्यो, ज्वरो नआएको बेलामा पनि स्याँ–स्याँ भैरहेको छ र १ मिनेटमा २४ पटक भन्दा बढि तपाईं सास फेर्नुहुन्छ भने यो सबै कोभिड निमोनियाको लक्षणहरु हो ।

यदि तपाइँलाई यस्ता लक्षहरु भए भने तपाईं बुझ्नुस कि जटिलता आइसक्यो । यदि अक्सिजन पनि ९५ भन्दा कम छ भने फोक्सोको मुख्य भागमा कोभिडले असर गरेको छ । तपाईं तुरुन्त मेडिकल एटेन्सनमा जाँच गराउनु पर्यो, एक्सरे गर्नुपर्यो । त्यहाँ निमोनियाको लक्षणहरु देखापर्न सक्छ । पहिलो ५/७ दिनपछि तपाईंलाई ज्वरो आइरहेकै छ, खोकी बसेको छैन्, स्याँ–स्याँ हुन थाल्यो । नाडीको धड्कन बढ्न थाल्यो र सय भन्दा बढि भयो, तपाईंको अक्सिजन ९० सम्म आउँछ फेरि अलिकति बढि हुन्छ फेरि घट्छ । तपाइँलाई खाना रुची भएको छैन् , अरुले निरिक्षण गर्दाखेरि पनि अनुहार अलि सिकिस्त भएको जस्तो छ, यस्तो बेलामा बुझ्नुस कि यो कोभिड निमोनिया वा जटिलताको लक्षण हो । यस्तो बेलामा तपाईंले वेट एन्ड वाच गर्नुहुँदैन् । समयमा नै अस्पताल गएर चेकअप गर्न जरुरी हुन्छ ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिलमुर्ति अनिलले सञ्चार माध्यमलाई दिएको भिडियो मन्तव्यमा आधारित, सम्पादन गरिएको ।

वि.सं.२०७८ वैशाख २९ बुधवार १०:४० मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...