१४ जेठ, काठमाडौं । गृहमन्त्रालयले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने जोकोहीलाई पनि तत्काल नियन्त्रणमा लिई कारबाही गर्र्ने विषयमा मन्त्रालय दृढ रहेको बताएको छ ।
भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि मृतकका आफन्तले बिहीबार राति आक्रमण गरेको घटनालाई भत्र्सना योग्य रहेको भन्दै उक्त घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको र घटनाका बारेमा सत्य तथ्य छानविनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति समेत गठन भइसकेको बताइएको छ ।
‘यसैगरी बाँके लगायत सोलुखुम्बु, धनुषा, कास्की तथा मोरङ जिल्लामा यस्ता घटनामा संलग्न व्यक्ति उपर कानुन बमोजिम कारबाही गरिसकिएको र कोभिड विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमाथि यसप्रकारका घटना घट्न नदिन दोषीलाई कानून बमोजिमको कारबाही गर्न र स्वास्थ्कर्मीको सुरक्षामा विशेष ध्यान पुर्याउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन समेत दिइसकेकोले आगामी दिनमा उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा प्रत्याभुति तथा स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरामा यो मन्त्रालय गम्भीरताका साथ लागिरहेको हुँदा संयमताका साथ बिरामीको उपचार कार्य जारी राख्नुहुन सम्बन्धीत सबैमा गृहमन्त्रालय हार्दिक अपिल गर्दछु ।’ मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

भेरी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको स्वास्थ्य मन्त्रालयद्धारा भत्र्सना
वि.सं.२०७८ जेठ १४ शुक्रवार १४:५० मा प्रकाशित






























