back
CTIZAN AD

कविता: संगै रहनुपर्ने केही तत्व

वि.सं.२०७८ जेठ १५ शनिवार

786 

shares

दुष्टता अझै पनि रहनुपर्छ
तब सावित गर्न सहज हुन्छ असललाई
तुलना गर्न सकिन्छ
गल्तीको गल्ती भन्न सकिन्छ
आफ्नो पवित्रताको परीक्षा लिन सकिन्छ

खराबी झन् संगै रहनुपर्छ
नत्र सत्यता कसरी पहिचान गर्ने
प्रमाणित कसरी गर्ने कि यो खराब छ

अवगुण मसंग छाया भएर रहनुपर्छ
नत्र कसरी भन्ने गुण पनि छन् मसंग
नत्र कसरी तारिफ हुन्छ गन्धको

निन्दा मेरो आसपास अलिकता भएपनि रहनुपर्छ
ताकि
म कहाँ छु पत्ता लाग्नेछ

दोष मसंग भएन भने
म के सग्लो छु
उसैले उचालेर त म यो स्थानमा छु
जसोकी जरा हिलोमा किन नहोस्
फुल ,सुगन्ध रंग र रस शीरमा मगमग छ

केही क्षण कुण्ठा मसंग बस्नुपर्छ
नत्र त म अधुरो ठानिन्छु
तुलना पनि कसरी गर्न सक्छौ फेरि ।

 

 

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:३८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...