back
CTIZAN AD

गजल

वि.सं.२०७८ जेठ १५ शनिवार

726 

shares

होस् घामझैँ उज्यालो आभा छरेर बाँचौँ
यो देश निम्ति मर्ने बाचा गरेर बाँचौँ ।

हाम्रा यिनै उकाली भञ्ज्याङमा रमाई
माथि छ लेक अग्लो बेँसी झरेर बाँचौँ ।

उर्लिन्छ भेल बाढी कोसी तमोर काली
एक्लो डुबिन्छ आऊ साथै तरेर बाँचौँ ।

लाछी बनेर हट्ने पर्छन् सधैँ पछाडि
पुग्छौँ अगाडि भन्ने आशा भरेर बाँचौँ ।

मर्नै छ यो धरामा मान्छे भएर हेर
बाँच्ने छ देश हाम्रो आऊ मरेर बाँचौँ ।

बहर : मु.मु. अखरब

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:४२ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...