होस् घामझैँ उज्यालो आभा छरेर बाँचौँ
यो देश निम्ति मर्ने बाचा गरेर बाँचौँ ।
हाम्रा यिनै उकाली भञ्ज्याङमा रमाई
माथि छ लेक अग्लो बेँसी झरेर बाँचौँ ।
उर्लिन्छ भेल बाढी कोसी तमोर काली
एक्लो डुबिन्छ आऊ साथै तरेर बाँचौँ ।
लाछी बनेर हट्ने पर्छन् सधैँ पछाडि
पुग्छौँ अगाडि भन्ने आशा भरेर बाँचौँ ।
मर्नै छ यो धरामा मान्छे भएर हेर
बाँच्ने छ देश हाम्रो आऊ मरेर बाँचौँ ।
बहर : मु.मु. अखरब
वि.सं.२०७८ जेठ १५ शनिवार ०७:४२ मा प्रकाशित






























