back
CTIZAN AD

हाँस्यव्यंग्य कथा : सपना

वि.सं.२०७८ जेठ १५ शनिवार

879 

shares

मृगथलीमा न्यास्रो मानेर एक्लै बसिराथें । श्रीपशुपतिनाथलाइ लंगोटी लाएर गोरक्षनाथको मन्दिर निर उभिराको देखें । दगुर्दै गएर दण्डवत प्रणाम गर्दै ढोके । मेरो शिरमा हात राखेर–‘भाग्यमानी भयेस् ।’ भन्दै आशीर्वाद दिनु भयो ।

आशीर्वाद थापी सके पछि मैले भने – ‘के को भाग्यमानी प्रभु । यहाँ आफ्नो कस्तो बिजोक छ ?’

मेरो कुरा सुनेर उत्निखेरै सोध्नु भो– ‘के भो ?’

‘प्रभु ! दुई दिन देखि क्यै खान पाको छैन ।’ – टाउको कन्याउदैं प्रत्युत्तर दिएँ ।

मेरो कुरा सुनेर दुखेसो मानेर भन्नू भो–‘मेरो पनि त्यै हाल छ । देखिनस् मन्दिरको गेटमा ताला लाको छ ? पहिले भक्तहरु आउँथे । मीठो मसिनो खान पाउँथे । अरुलाइ नि दिन्थे । ऐले क्वै आउँदैनन् । क्यार्नु मैले ।’

दुबै कर जोडेर विन्ती भावमा भने – ‘प्रभु ! हाम्रो अन्नदाता । हजुरले नि यस्तो भन्न मिल्छ ।’

मेरो कुरा सुनेर भन्नू भो – ‘क्यार्नु यस्तै परो बाबू । सबैलाइ बाँटने आज आफै माग्ने भाको छु ।’

प्रभुको कुरा सुनेर अचम्भित मानेर सोधे – ‘अलि पत्यार लाग्ने कुरा गर्या भे हुन्थ्यो प्रभु ।’

मेरो हात समातेर सम्झाउदै भन्नू भो – ‘आबो यस्तै समय आइ लागो । मैले भनेको नपत्याएर हुन्छ र ?’

शिर झुकाएर भने – ‘प्रभु ! अब हजुरलेनै भने पछि यो कानले सुने पछि । पत्यार लागो ।अब के गर्ने त प्रभु ।’

मेरो कुरा सुनेर भन्नू भो – ‘तेरो सरकारले राहत बाँडदैछ रे भन्ने सुनेको छु । जा त्यै लेर खा ।’

प्रभुको मुखारबिन्दबाट यस्तो कुरा सुनेर मेरो आँखा आँसुले रसाउन थालिहाल्यो । कल्पेर भने – ‘प्रभु ! मैले नि सुनेर धुँईधुँई पुरै काठमाडौं हिंडेर तीन चक्कर लाको कतै बाँडेको देखिनँ ।’

मेरो कुरा ध्यानपूर्वक सुनेर भन्नू भो– ‘के भन्छ यो बज्या । कतै बाँडेको छैन रे ।’

प्रभुको तिक्त वचन सुनेर भन्छु – ‘प्रभु ! साँचो भनेको हो । क्यै सीप नलागेर निरास भएर म मृगथली आएको हुँ । हजुर त त्रिनेत्रधारी हुनुहुन्छ । मेरो कुरामा पत्यार नलागे आफैले हेर्नुस् न ।’

मेरो कुरा सुनेर प्रभु आँखा चिम्लेर ध्यानमा बस्नु भो । एकछिन पछि आँखा खोलेर दुखेसो मानेर क्यै नबोली बस्नु भो । कमण्डलुबाट यौटा केरा झिकेर दिदैं भन्नू भो – ‘ला ! केरा खा ।’

दुई दिन देखिको भोको केरा पाएसी खुशी हुँर्दै बोक्रा उप्काएर उत्निखेरै ग्वामग्वाम खान थालें । जाबो यौटा केरा पेटसम्म नपुग्दै घाँटीमै हरायो । ‘लाउ ! अब पानी पिउ ।’ भन्दै पानीको बोतल हातमा थमाइ दिनु भो । मैले घटघट पानी पिउँदै तिर्खा मेटाए । पानी पिसके पछि बल्ल अलि ज्यानमा प्राण आयो अनि चरण छोएर भने – ‘प्रभु ! हजुरको कृपाले म धन्य भएँ । जय पशुपतिनाथ ।’

‘के को कराइ राको । रातभरि चेनले सुत्न देको हैन ।’– मेरो हात समातेर बुढिले फत्फताइ हाली । म त भुँइमा लडेछु । अनि पो झसंग भएँ ।

कुचो हातमा उचालेर बुढिले भन्छ – ‘रातभरि प्रभु प्रभु भन्दै फत्फटाएको छ । के हो यस्तो चाला । हानु ?’

मैले दुबै हात जोडेर विन्ती गर्दै भने – ‘नहान न बुढी । कस्तो राम्रो सपना देखिराथें ।’

बुढिले रिसाउँदै भनी टोपली – ‘अब तिम्रो कामनै अरु के पो छ र ? खाने, बस्ने अनि सपना हेर्ने भन्ता ?’

बुढिको कुरा सुनेर क्यै नबोली अपराधी जस्तै चुप लागेर बसिरहें ।

 

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:४३ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...