१
गाली भए गाली नै
जे छ तिमीसँग त्यही पाउँछ दुनियाँ
खाली भए खाली नै
२
समुद्रको खै आवाज
ज्ञान भए त्यसैले पार्छ गुणकारी
बग्छ शान्त भै आवाज
३
बढे पछि देख्ने छौ
सानो भनी नहेप आगो कसैले
इतिहास लेख्ने छौ
४
रगत रातो दुबैको
तिमी धनी म गरिव फरक यति छ
छाला गातो दुबैको
५
कुर्न मात्र गाह्रो हो
पालो आउँछ सबको हुन्छ दिन रात
घुर्न मात्र गाह्रो हो
वि.सं.२०७८ जेठ १५ शनिवार ०७:४४ मा प्रकाशित






























