back

नेपालमा एम्बुलेन्स संचालन गर्न अष्ट्रेलियामा शारीरिक व्यायाम

वि.सं.२०७३ माघ २७ बिहीवार

645 

shares
GLOBAL IME AD
NTC AD

sidney programगोरखाको दुर्गम गाउँमा एम्बुलेन्स संचालनको लागि अष्ट्रेलियाको सिड्नीमा दुई दिने शारीरक व्यायाम शिविर आयोजना गरिने भएको छ ।
फेब्रुअरी २५ का दिन सिड्नीको एसफिल्ड पार्कमा शारीरक व्यायाम शिविर physical fitness camp  गरिने भएको हो ।
फिटनेसको क्षेत्रमा ख्यातीप्राप्त अष्ट्रेलियन रजिष्ट्रार ट्रेनर रेन्बो अधिकारीको सहभागितामा गरिने फिटनेश क्याम्पमा सहभागी हुन सबै सिड्नीबासी नेपालीलाई अनुरोध गरिएको छ ।
दुई दिनसम्म चल्ने उक्त क्याम्पका लागि ट्रेनर अधिकारी २४ फब्रुअरीका दिन डार्विनबाट सिड्नी आउने बताइएको छ ।
ट्रेनर अधिकारीले सो अबसरमा व्यायाम गर्ने सहि तरिका, कोलेस्ट्रोल तथा सुगर हुनबाट बच्नका लागि व्यायाम आवस्यक रहेका र व्यायामले मुटु कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा पनि ट्रेनर अधिकारीले जानकारी दिने बताइएको छ ।
खुल्ला पार्कमा समुहमा गरिने यस्तो प्रकारको व्यायामले शारीरिक उर्जा मनोरन्जनका साथै तनावमुक्त हुने बताइएको छ । उक्त शिविरमा सहभागी हुनका लागि दर्ता रकमस्वरुप जम्मा ३० अष्ट्रेलियन डलर राखिएको छ । यसबाट संकलित सम्पूर्ण रकम एम्बुलेन्स खरिदका लागि सहयोग गरिने शिविर आयोजक शिव वन्जाराले बताउनु भएको छ ।
शिविर आयोजनाका लागि सिड्नीस्थित एक्टिभ मार्गेज तथा फाइनान्स कम्पनीले प्रायोजन गरेको छ । जसका प्रोपाइटर लेख गुरुङ रहनु भएको बताइएको छ ।
आफ्नो सानो सहयोगले विकट गाउँका हजारौ वासिन्दाले उपयोग गर्न मिल्ने एम्बुलेन्स खरिद गर्न सहयोग पुग्ने भन्दै केही व्यक्रिले खुसी व्यक्त गरेका छन् ।
विगतमा कोही विरामीको हुँदा तत्काल अस्पताल लैजानु पर्ने अवस्थाम एम्बुलेन्स नभएका कारण कतिले अस्पताल नपुगी ज्यान गुमाउनु परको कुरालाई मनन गर्दै यस्तो अभियान सुरु गरेको पनि संयोजक बन्जाराले बताउनु भएको छ ।
बन्जाराले आफूपनि स्वस्थ भइने र आफूले दर्ता स्वरुप तिरेको रकमले सामाजिक काममा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सबैलाई उपस्थित भइदिन अनुरोध पनि गर्नु भएको छ ।

वि.सं.२०७३ माघ २७ बिहीवार ०६:४३ मा प्रकाशित

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज्...

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

अमेरिका । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा )...

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपालीहरुको पुरानो संस्था "बाल्टिमोर एसोसिएसन अफ...

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिका । अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार...