back
CTIZAN AD

नेपालमा एम्बुलेन्स संचालन गर्न अष्ट्रेलियामा शारीरिक व्यायाम

वि.सं.२०७३ माघ २७ बिहीवार

1.1K 

shares

sidney programगोरखाको दुर्गम गाउँमा एम्बुलेन्स संचालनको लागि अष्ट्रेलियाको सिड्नीमा दुई दिने शारीरक व्यायाम शिविर आयोजना गरिने भएको छ ।
फेब्रुअरी २५ का दिन सिड्नीको एसफिल्ड पार्कमा शारीरक व्यायाम शिविर physical fitness camp  गरिने भएको हो ।
फिटनेसको क्षेत्रमा ख्यातीप्राप्त अष्ट्रेलियन रजिष्ट्रार ट्रेनर रेन्बो अधिकारीको सहभागितामा गरिने फिटनेश क्याम्पमा सहभागी हुन सबै सिड्नीबासी नेपालीलाई अनुरोध गरिएको छ ।
दुई दिनसम्म चल्ने उक्त क्याम्पका लागि ट्रेनर अधिकारी २४ फब्रुअरीका दिन डार्विनबाट सिड्नी आउने बताइएको छ ।
ट्रेनर अधिकारीले सो अबसरमा व्यायाम गर्ने सहि तरिका, कोलेस्ट्रोल तथा सुगर हुनबाट बच्नका लागि व्यायाम आवस्यक रहेका र व्यायामले मुटु कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा पनि ट्रेनर अधिकारीले जानकारी दिने बताइएको छ ।
खुल्ला पार्कमा समुहमा गरिने यस्तो प्रकारको व्यायामले शारीरिक उर्जा मनोरन्जनका साथै तनावमुक्त हुने बताइएको छ । उक्त शिविरमा सहभागी हुनका लागि दर्ता रकमस्वरुप जम्मा ३० अष्ट्रेलियन डलर राखिएको छ । यसबाट संकलित सम्पूर्ण रकम एम्बुलेन्स खरिदका लागि सहयोग गरिने शिविर आयोजक शिव वन्जाराले बताउनु भएको छ ।
शिविर आयोजनाका लागि सिड्नीस्थित एक्टिभ मार्गेज तथा फाइनान्स कम्पनीले प्रायोजन गरेको छ । जसका प्रोपाइटर लेख गुरुङ रहनु भएको बताइएको छ ।
आफ्नो सानो सहयोगले विकट गाउँका हजारौ वासिन्दाले उपयोग गर्न मिल्ने एम्बुलेन्स खरिद गर्न सहयोग पुग्ने भन्दै केही व्यक्रिले खुसी व्यक्त गरेका छन् ।
विगतमा कोही विरामीको हुँदा तत्काल अस्पताल लैजानु पर्ने अवस्थाम एम्बुलेन्स नभएका कारण कतिले अस्पताल नपुगी ज्यान गुमाउनु परको कुरालाई मनन गर्दै यस्तो अभियान सुरु गरेको पनि संयोजक बन्जाराले बताउनु भएको छ ।
बन्जाराले आफूपनि स्वस्थ भइने र आफूले दर्ता स्वरुप तिरेको रकमले सामाजिक काममा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सबैलाई उपस्थित भइदिन अनुरोध पनि गर्नु भएको छ ।

वि.सं.२०७३ माघ २७ बिहीवार ०६:४३ मा प्रकाशित

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...