back
CTIZAN AD

अफगानी सेनाको कारबाहीमा परी नौ तालिबानी लडाकूको मृत्यु

वि.सं.२०७८ जेठ १६ आइतवार

726 

shares

१६ जेठ, काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले आइतबार गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन् ।

प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । विज्ञप्तिमा आइतबार बिहान अलिसिङ जिल्लाको नाजिल गाउँमा सेनाले गरेको कारबाहीमा तालिबानी लडाकू मारिएका तर सर्वसाधारण र सुरक्षाफौज तर्फ कुनै क्षति नभएको जनाइएको छ ।

राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम शहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुने गरेको छ ।

तालिबानीले लघमनको मेहतारलाम शहर कब्जा गर्न प्रयास गरिरहेका छन् तर सरकारी फौजलाई त्यसलाई असफल तुल्याउँदै आएको छ । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।
सिन्ह्वा

वि.सं.२०७८ जेठ १६ आइतवार १६:४५ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...