back
CTIZAN AD

एनआरएनए अफ्रिकाद्धारा जुम्लामा पनि अक्सिजन सिलिन्डर सहयोग

वि.सं.२०७८ जेठ २१ शुक्रवार

675 

shares

२१ जेठ,काठमाडौं । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत बुधबार पहिलो चरणको सहयोग जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान, शिक्षण अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग गरिएको छ ।

नेपाली सेनाको श्री नम्बर २४ अड्डा बाहिनीका बाहिनी पति सहायक रथी यमबहादुर सापकोटाले अस्पतालका निर्देशक डा. राजिव शाहलाई ७० लिटरका दश थान अक्सिजन सिलिण्डर सहयोग हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीका कारणले जुम्ला अस्पतालमा समेत अक्सिजन अभाव भएपछि अफ्रिकाका एनआरएनहरुले यो सहयोग पठाएका हुन् । यी बिपतमा जुम्ला पुगेको यो सहयोग कर्णालीमा एनआरएनएको पहिलो राहत सहयोग हो ।

यसका लागि आर्थिक सहयोग रुपारेलिया फाउन्डेशन युगान्डाले गरेको छ । साथै फ्रान्सबाट पत्रकार अनुराधा पौडेल, एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापा, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र युगान्डाका पूर्वअध्यक्ष रमेश कंडेलको थप सहयोग गरेका हुन् । सहयोगको संयोजन अफ्रिकाका एनआरएनएका सबै राष्ट्रिय समितिका लागि एनआरएनए एनसीसी युगान्डा र स्थानीय ब्यवस्थापन सहयोण्ग नेपाली सेना २४ नम्बर अड्डा बाहिनीले गरेको थियो ।

प्रथम चरणको उक्त अक्सिजन सहितको ७० लिटरका दश थान सहयोग हस्तान्तरण गर्दै बाहिनी पति सापकोटाले १० थान थप सिलिन्डर आउने क्रममा रहेको बताए । उनले कर्णालीको दुर्गम क्षेत्रका नागरिकलाई सहयोग गरेकोमा अफ्रिकाका सबै नेपाली, एनआरएनए र रुपारेलिया फाउन्डेसनलाई आभार ब्यक्त गरेका थिए ।

अस्पतालका निर्देशक डा . शाहले यी सिलिन्डरले कर्णालीका बिरामीलाई निकै राहत पुग्ने बताए । अब अस्पतालमा २१० सिलिन्डर हुने समेत बताए । उनले एउटा अक्सिजन सिलिन्डर जुम्ला आइपुग्दा ३० हजार रुपैयाँ पर्ने बताए ।

निर्देशक डा . शाहले अफ्रिकाका एनआरएनलाई धन्यवाद दिदै अस्पताललाई अझै थप सिलिन्डर र स्वास्थ्य उपकरणहरु आबश्यक रहेको समेत बताएका थिए ।

 

 

वि.सं.२०७८ जेठ २१ शुक्रवार १३:३६ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...