२३ जेठ, काठमाडौं । सनराइज बैंकले २ लाख ८३ हजार ७८६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर खरिद गर्नका लागि बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले संस्थापक शेयरधनीहरुले के कति शेयर खरिद गर्ने हो सो खुलाई बैंकका इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंककाे प्रधान कायार्लय, गैहि्रधारा, शेयर रजिष्ट्री विभागमा लिखित निवेदश दिन आग्रह गरेको छ ।

वि.सं.२०७८ जेठ २३ आइतवार १३:१६ मा प्रकाशित


























