back
CTIZAN AD

ढल्न लागेका विद्युत् पोलबाट आगलागीको जोखिम बढ्दो

वि.सं.२०७८ जेठ २३ आइतवार

537 

shares

२३ जेठ, डोटी । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको जिल्लाको सबैभन्दा पुरानो बजार पिपल्लामा विस्तार गरिएका विद्युत्का पोल मर्मत नगरिएका कारण आगलागीको जोखिममा बढेको छ ।

बजारमा विद्युत् विस्तारका लागि गाडिएका पोल पुराना भएका तथा मर्मत र व्यवस्थित नगरिएका कारण जोखिम बढेको हो ।

वर्षौंपहिले गाडिएका पोल खिया लागेर केही भाँचिएका छन् भने केही पोल ढल्ने अवस्थामा रहँदासमेत सम्बन्धित निकायले मर्मतसम्भारका लागि पहल नचालेका कारण आगलागीको जोखिम बढेको स्थानीयवासीको गुनासो छ ।

बजारवासीले पुराना तथा खिया लागेर ढल्ने अवस्थाका पोल मर्मतसम्भार गर्न तथा नयाँ पोल राख्न विद्युत् कार्यालयलाई आग्रह गर्दा पनि कुनै वास्ता नगरेको दिपायल पिपल्लाका बासिन्दा मोहनबहादुर पातलीले आरोप लगाए ।

दैनिकको हावाहुरी र बर्सातका कारण बजारको चारैतिर विद्युत लाइन दिइएको पोल ढल्ने अवस्थामा पुगेका छन् । यहाँको दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजारमा पोल गाडेको ठाउँबाट नाली बनाइएका कारण विद्युत् पोल ढल्ने अवस्थामा पुगेका छन् । बजारका व्यापारीले पटकपटक विद्युत् कार्यालयलाई जानकारी गराउँदा पनि पोल मर्मतका लागि कार्यालयले कुनै प्रक्रिया अगाडि नबढाएको व्यापारी दिव्यराज पाठकले बताए ।

विद्युत् कार्यालय र त्यहाँका कर्मचारीले पोल गाडीका ठाउँबाट नाली निर्माण गर्दा पोल ढल्ने खतरा बढेको जानकारी पाए पनि सार्नका लागि कुनै पहल नचालेका कारण आगलागी हुने खतरा बढेको हो । यहाँका बजारमा पोल ढलेको खण्डमा बजारमा तार खसेर पूरै आगलागी हुने सम्भावना रहेको अर्का स्थानीयवासी मानबहादुर धामीले बताए ।

विद्युत् कार्यालय दिपायल पिपल्ला केन्द्रका सहायक प्रमुख विश्वनाथ शाहले अव्यवस्थित पोल सार्न तथा पुराना काम नलाग्ने ढल्ने अवस्थाका पोल मर्मतका लागि पहल भइरहेको बताए।

पुराना खिया लागेका तथा नाली निर्माण गर्दा ढल्ने अवस्थामा रहेका पोल जुनसुकै बेला पनि ढल्न सक्ने भन्दै स्थानीय व्यापारीमा त्रास फैलिएको छ । हावाहुरी आउँदा विद्युत्को पोल ढल्छ कि भन्ने चिन्ता लागि रहने बताउँदै अर्का व्यापारी रामबहादुर बमले बताए ।
रासस

वि.सं.२०७८ जेठ २३ आइतवार १३:०१ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...