back
CTIZAN AD

ज्येष्ठ नागरिकको सारथी मिलन केन्द्र

वि.सं.२०७३ माघ २८ शुक्रवार

1.1K 

shares
२८ माघ ,पोखरा । विन्ध्यवासिनी क्षेत्रमा सञ्चालनमा रहेको ‘ज्येष्ठ नागरिक मिलन केन्द्र’ यस आसपासका ज्येष्ठ नागरिकको सारथी बन्दै गएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा २०७२ माघदेखि सञ्चालित सो केन्द्रमा हाल दैनिक ४५ देखि ७० जनासम्म ज्येष्ठ नागरिक आउने गरेका छन् । सुरुमा दैनिक ३० जना ज्येष्ठ नागरिकलाई बस्न मिल्ने व्यवस्था गरी सुरुवात गरिए पनि चाप बढेपछि ६० देखि ७० जनासम्म बस्ने व्यवस्था गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ बताउनुहुन्छ । मिलन केन्द्र दिनहुँ १० बजेदेखि ५ बजेसम्म सञ्चालन गरिन्छ । केन्द्रमा ज्येष्ठ नागरिकका लागि समितिद्वारा निःशुल्क सेवा प्रवाह गरिएको छ । “चिया तथा खाजा खुवाउन मासिक रु तीन लाखदेखि रु चार लाखसम्म खर्च लाग्छ,” उहाँले भन्नुभयो । विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भइरहेको श्रेष्ठले बताउनुभयो । केन्द्र सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । हालसम्म उक्त कोषमा रु सात लाख सङ्कलन भइसकेको छ । यस वर्ष केन्द्रका लागि महिला विकास शाखा, कास्कीबाट रु तीन लाख प्राप्त हुँदै छ । जिविसले रु ७५ हजार बजेट छुट्याएको छ । “दीर्घकालीन रुपमा केन्द्र सञ्चालन गर्न सरकारसँग पहल भइरहेको छ,” उहाँले भन्नुभयो ।ज्येष्ठ नागरिकको एक्लोपन हटाउन केन्द्र सञ्चालनमा ल्याइएको हो । उमेरका कारण अन्य काम गर्न पनि नसकिने अवस्थामा समय बिताउन र आफ्नो उमेर समूहका दौँतरी साथीसँग भेट्न पाउने भएका कारण केन्द्र ज्येष्ठ नागरिकका लागि सारथी जस्तै बनेको श्रेष्ठको भनाइ छ । विन्ध्यवासिनीमा जस्तै देशका अन्य ठाउँमा यस किसिमका केन्द्र सञ्चालनको आवश्यकता रहेको उहाँको भनाइ छ । केन्द्रमा आउने ज्येष्ठ नागरिक दिनभर केन्द्रमा बसेर बेलुका घर फर्कने गरेका केन्द्रका कर्मचारी नवराज तिमल्सिना बताउनुहुन्छ । उनीहरुले दिउँसो भजन कीर्तन, प्रवचन सुन्नुका साथै टेलिभिजन हेर्ने, बाघचाल, लुडो खेल्ने गर्छन । महिनामा एकपटक पोखराभित्रका विभिन्न स्थानको भ्रमणसमेत गराइन्छ । दुई–दुई महिनाको अवधिमा ज्येष्ठ नागरिकको स्वास्थ्योपचार गरिन्छ । केन्द्र सञ्चालनले आफूजस्तै अन्य ज्येष्ठ नागरिकमा खुसी ल्याएको पोखराका केआइसिंह पुल क्षेत्रका ८० वर्षीया विष्णुमाया केसी बताउनुहुन्छ । “यहाँ आएपछि शान्ति मिल्छ,” उहाँले भन्नुभयो । पोखराको मान सडकका ७३ वर्षीय इन्द्रबहादुर कार्की केन्द्रमा आफ्ना उमेर समूहका साथीसँग भेट गर्न पाउँदा छुट्टै किसिमको आनन्द मिल्ने गरेको र भेटघाटका कारण एक्लोपनको महसुस हुन छाडेको बताउनुहुन्छ ।

वि.सं.२०७३ माघ २८ शुक्रवार ११:३३ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...