back
CTIZAN AD

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप १० जनाको मृत्यु, ६६३ जना संक्रमित

वि.सं.२०७८ जेठ २६ बुधवार

774 

shares

२६ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा जेठ, २३, २४, २५ र २६ गते मृत्यु भएकहरुको थप विवरण प्राप्त भएको हो ।

मृत्यु हुनेमा म्याग्दीका २, पर्वतका १, तनहुँका २, कास्कीका २ र नवलपरासी पुर्वका ३ गरेर १० जना रहेका छन् । मृत्यु भएका मध्ये ३ महिला र ७ पुरुष रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ६६३ जना संक्रमित भएको विवरण प्राप्त भएको छ ।

संक्रमित हुनेमा सबैभन्दा बढी नवलपरासी पुर्वका रहेका छन् । त्यहाँ ७४ महिला र ७६ पुरुष गरी १५० जना संक्रमित थपिएका हुन् ।

त्यस्तै कास्कीमा ४६ महिला र ४५ पुरुष गरेर ९१ जना, मुस्ताङमा ३ महिला र ८ पुरुष गरी ११ जना, म्याग्दीमा ७ महिला र १० पुरुष गरेर १७ जना, पर्वतमा १७ महिला र २२ पुरुष गरी ३९ जना, गोरखामा ५२ महिला र ३४ पुरुष गरेर ८६ जना, लमजुङमा ४९ महिला र ४० पुरुष गरी ८९ जना, तनहुँमा ३६ महिला र ३३ पुरुष गरी ६९ जना, वागलुङमा २४ महिला र ३६ पुरुष गरी ६० जना र स्याङजामा २४ महिला र २७ पुरुष गरी ५१ जना गरी ६६३ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रदेशमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४८,४७२ पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ७९९ पुगेको निर्देशनालका निर्देशक डा. बिन्दु शर्माले जानकारी दिएकी छन् ।

No photo description available.

गण्डकी प्रदेशमा पर्वतका २ सहित थप १० कोरोना संक्रमितको मृत्यु

 

 

वि.सं.२०७८ जेठ २६ बुधवार १८:०३ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...