Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

अर्ना ल्याउने पहिलो चरणको काम सम्पन्न, पन्ध्र अर्ना चितवन निकुञ्जमा छाडियो



२९ माघ, रत्ननगर (चितवन) । कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु अर्ना ल्याउने पहिलो चरणको काम सम्पन्न भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जकाअनुसार पहिलो चरणमा कोसीबाट १२ वटा र जावलाखेलको चिडियाघरबाट तीन गरी १५ वटा अर्ना ल्याएर छाडिएपछि पहिलो चरणको अर्ना ल्याउने काम सम्पन्न भएको हो । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भन्नुभयो, “पहिलो चरणको काम सकिएको छ, थप पाँच अर्ना कहिले ल्याउने भन्ने तय भएको छैन ।”विसं २०७१ मै सरकारले कोसीबाट चितवन निकुञ्जमा पाँच भालेसहित २० अर्ना ल्याउने निर्णय गरेको थियो । निकुञ्ज विभागले यही माघ १२ गतेबाट अर्ना स्थानान्तरणको काम सुरु गरेको थियो । १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना ल्याइएको हो ।

कोसीमा अर्नाको बंश संरक्षणमा चुनौती देखिएकाले यसको संरक्षणका लागि चितवनमा अर्ना ल्याइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो ।

चितवन निकुञ्जमा सन् १९६० को दशकअघि अर्ना रहेको र पछि लोप भएको भन्ने भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । पछिल्लो गणनामा कोसीमा ४३२ अर्ना भेटिएको कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख श्याम शाहले जानकारी दिनुभयो । चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ । अब बाह्रसिङ्गे ल्याउने प्रक्रिया सुरु हुने जनाइएको छ । सरकारले शुक्लाफाँटाबाट २५ वटा बाह्रसिङ्गे ल्याउने निर्णय गरिसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ