back
CTIZAN AD

अर्ना ल्याउने पहिलो चरणको काम सम्पन्न, पन्ध्र अर्ना चितवन निकुञ्जमा छाडियो

वि.सं.२०७३ माघ २९ शनिवार

999 

shares

२९ माघ, रत्ननगर (चितवन) । कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु अर्ना ल्याउने पहिलो चरणको काम सम्पन्न भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जकाअनुसार पहिलो चरणमा कोसीबाट १२ वटा र जावलाखेलको चिडियाघरबाट तीन गरी १५ वटा अर्ना ल्याएर छाडिएपछि पहिलो चरणको अर्ना ल्याउने काम सम्पन्न भएको हो । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भन्नुभयो, “पहिलो चरणको काम सकिएको छ, थप पाँच अर्ना कहिले ल्याउने भन्ने तय भएको छैन ।”विसं २०७१ मै सरकारले कोसीबाट चितवन निकुञ्जमा पाँच भालेसहित २० अर्ना ल्याउने निर्णय गरेको थियो । निकुञ्ज विभागले यही माघ १२ गतेबाट अर्ना स्थानान्तरणको काम सुरु गरेको थियो । १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना ल्याइएको हो ।

कोसीमा अर्नाको बंश संरक्षणमा चुनौती देखिएकाले यसको संरक्षणका लागि चितवनमा अर्ना ल्याइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो ।

चितवन निकुञ्जमा सन् १९६० को दशकअघि अर्ना रहेको र पछि लोप भएको भन्ने भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । पछिल्लो गणनामा कोसीमा ४३२ अर्ना भेटिएको कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख श्याम शाहले जानकारी दिनुभयो । चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ । अब बाह्रसिङ्गे ल्याउने प्रक्रिया सुरु हुने जनाइएको छ । सरकारले शुक्लाफाँटाबाट २५ वटा बाह्रसिङ्गे ल्याउने निर्णय गरिसकेको छ ।

वि.सं.२०७३ माघ २९ शनिवार ०३:३७ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...