back
CTIZAN AD

लघुकथाः यस्तै त हो !

वि.सं.२०७८ जेठ २९ शनिवार

849 

shares

‘सामाजिक दुरी कायम !’

बहुराष्ट्रिय कम्पनीहरू विज्ञापन पठाइरहेका थिए । प्रचारका संयन्त्रहरू फुकिरहेका थिए । अनोखा मान्छेहरू हलचलले ल्याएका त्रास र भयभित समाचारहरूलाई कान थापिरहेका थिए । हातमा मास्क थियो । नरकान्तले उपचार विद्या खुब पढेको थियो । उपचार पद्दती बारे उ चिच्याउँदै आयो ।

‘बाहिर निस्कँदा मुखमा माक्स लगाएर हिंडौँ !’

सोझा मान्छेहरू भ्रममा परे । उसले कसलाई सोध्ने ? नजिकै रहेको गाउँको धामीलाई सोध्यो । धामीले भनिदियो ।

‘मेरो ढ्याङ्ग्रोको आवाज ठुलो छ, सुन्दिन है मैले त !’

सोझा मान्छेहरूले भ्रमको आगोमा झुक्किएर सुने ।

‘पापी मत !’
नरकान्तले फेरि अनलाइन पत्रिकाले ठेलेको समाचारहरूलाई पढ्यो ।

‘सरकार थियो, भत्कियो !’

‘हैन, हैन, नयाँ बन्यो !’

‘अरे ! फ्लोर क्रसको कमाल !’

‘सरकार ढल्यो, उठ्यो !’

‘उठ्दाउठ्दै ढल्यो, ढल्लाढल्दै उठ्यो ।’

‘अस्थिरता !’

नरकान्तको कान अति टट्टायो । बौलाएर चिच्याउन थाल्यो । चिच्याउँदाचिच्याउँदै रून थाल्यो । रूँदारूँदै बर्बराउन थाल्यो । अन्त्यमा महाहारीले आक्रान्त जीवनको अवस्थामा उसलाई के लाग्यो कुन्नी ? दुखबाट विदाहुँदै अन्तिममा भन्यो ।

‘यहाँ, यस्तै त हो !’

वरिपरि झुम्मिएकाहरूले उसलाई राम राम भनेर आशीर्वाद दिए ! सह्राए । गाथा गाए ! श्रध्दान्जली दिएर भने ।

‘यसलाई सङ्क्रमित भाइरसले टोकेको रे !’

बहुराष्ट्रिय कम्पनीहरूले टेलिभिजनको पर्दामा आएको नर कान्तको चाउरे अनुहारको फोटोलाई देखेर भने ।

‘यो गरिबलाई अझै डोज बढी भएछ !’

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:१५ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...