‘सामाजिक दुरी कायम !’
बहुराष्ट्रिय कम्पनीहरू विज्ञापन पठाइरहेका थिए । प्रचारका संयन्त्रहरू फुकिरहेका थिए । अनोखा मान्छेहरू हलचलले ल्याएका त्रास र भयभित समाचारहरूलाई कान थापिरहेका थिए । हातमा मास्क थियो । नरकान्तले उपचार विद्या खुब पढेको थियो । उपचार पद्दती बारे उ चिच्याउँदै आयो ।
‘बाहिर निस्कँदा मुखमा माक्स लगाएर हिंडौँ !’
सोझा मान्छेहरू भ्रममा परे । उसले कसलाई सोध्ने ? नजिकै रहेको गाउँको धामीलाई सोध्यो । धामीले भनिदियो ।
‘मेरो ढ्याङ्ग्रोको आवाज ठुलो छ, सुन्दिन है मैले त !’
सोझा मान्छेहरूले भ्रमको आगोमा झुक्किएर सुने ।
‘पापी मत !’
नरकान्तले फेरि अनलाइन पत्रिकाले ठेलेको समाचारहरूलाई पढ्यो ।
‘सरकार थियो, भत्कियो !’
‘हैन, हैन, नयाँ बन्यो !’
‘अरे ! फ्लोर क्रसको कमाल !’
‘सरकार ढल्यो, उठ्यो !’
‘उठ्दाउठ्दै ढल्यो, ढल्लाढल्दै उठ्यो ।’
‘अस्थिरता !’
नरकान्तको कान अति टट्टायो । बौलाएर चिच्याउन थाल्यो । चिच्याउँदाचिच्याउँदै रून थाल्यो । रूँदारूँदै बर्बराउन थाल्यो । अन्त्यमा महाहारीले आक्रान्त जीवनको अवस्थामा उसलाई के लाग्यो कुन्नी ? दुखबाट विदाहुँदै अन्तिममा भन्यो ।
‘यहाँ, यस्तै त हो !’
वरिपरि झुम्मिएकाहरूले उसलाई राम राम भनेर आशीर्वाद दिए ! सह्राए । गाथा गाए ! श्रध्दान्जली दिएर भने ।
‘यसलाई सङ्क्रमित भाइरसले टोकेको रे !’
बहुराष्ट्रिय कम्पनीहरूले टेलिभिजनको पर्दामा आएको नर कान्तको चाउरे अनुहारको फोटोलाई देखेर भने ।
‘यो गरिबलाई अझै डोज बढी भएछ !’
वि.सं.२०७८ जेठ २९ शनिवार ०७:१५ मा प्रकाशित






























