back
CTIZAN AD

कविताः पूरा नभएको सपना

वि.सं.२०७८ जेठ २९ शनिवार

957 

shares

आकाशको तारा
किनारमा बालुवाको कण
जस्तै धेरै सपनाहरु
मन भित्रका ताजमहलमा
खेलिरहन्छन् यता र उता
गर्न नसकेको पूरा
हुन्छ सबै आमाको सपना
सरकारी जागिर खाइनस् गतिलो
कुनै कुलकि ल्याईनस् छोरी
हेर्न नपाइ नाति नातिना
भयो बेला मर्ने
भने झै
वृद्घ आमा बुवा,श्रीमती,छोरा छोरी
छोड्नलाई मातृभूमी
बोकेर हातमा टिकट र राहदानी
लिएर कुइटेलको भारी भन्दा गह्रो मन
नजान पाए परदेश
हुन्थ्यो नेपालीहरु

हाम्रो स्वभिमानलाई
हवाईट हाउस, ब्रिटिश पार्लियामेन्ट
वा बकिङ्घम प्यालेसमा
गरेको सम्मान जाने हो कि खेर
यदि मिलेन भने अंश
जोगायो गोर्खालीले भारत र बेलायतलाई
यद्यपि
जन्मभूमि पर्दा धरापमा
उनीहरुको आँशुको धाराले
हो कि पिरोल्ने ?
नबनोस् दोस्रो हलोकास्ट्
बेचेर प्राकृतिक सम्पदा
स्वीस र डच बैंकलाई
बनाए पनि धनी
उनीहरुका सन्तान कहिल्यै हुने छैनन् धनी
कुनै न कुनै दिन झर्नुछ तल
परिवर्तनका नाउँमा कमाएका
भ्रष्टहरुको कु–कर्मको फल
अहिले समाजमा छन् साँक्षी
बिश्व बैंक र दातृ राष्ट्रबाट सहयोग पाउँदा
नफुलोस् गर्वले छाती
ती त सबै लाज र सरमका हुन् उपज
यो कुराबाट छुटकारा पाउने कसरी
हाम्रा पूरा नभएको सपना !!

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:१३ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...