back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ जेठ २९ शनिवार

870 

shares

१.
प्रेमको मीठो सुवास छर्थ्यौँ तिमी म कुनैबेला
अनि विश्वासको घडा भर्थ्यौं तिमी म कुनैबेला
अहिले तिमी बदलिएर अपरिचित भएका छौ,
सँगै जिउने मर्ने कुरा गर्थ्यौँ तिमी म कुनैबेला

२.
तिमीलाई अरुसँगै जुट्नु थियो भने
सम्बन्ध अलग्याएर फुट्नु थियो भने
मित्रताको डोरी बाट्न भन किन आयौ ?
बीचबाटोमै हुत्याएर छुट्नु थियो भने

३.
टुटेको मन लिएर अघि बढ्न खोजेको छु
बामे सारेरै खुड्किला चढ्न खोजेको छु
सके साथ दिनु तर निरुत्साहित नभरिदिनु
एकएक गर्दै भोगाईहरू पढ्न खोजेको छु

४.
अहम् भरिएको तिम्रो विचार समाउन सक्दिनँ
अहँ अरूलाई रुवाएर कदापि रमाउन सक्दिनँ
जेसुकै अभियोग हाल्नुस् म सहजै स्वीकार गर्छु
तर देशको रगत चुसेर सम्पत्ति कमाउन सक्दिनँ

५.
जातीयताको भजन निकै गाउनु भएछ
कुसंस्कार विरुद्ध मादल बजाउनु भएछ
जो अगुवा उही हगुवा उखान सुनेको थेँ
आजैदेखि घरमा नोकर खटाउनु भएछ

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:२१ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...