आइतबारको दिन सरकारी रासन थाप्न दोकान बाहिर मान्छेहरूको लामो लाईन थियो । भिड़ बिचमा कसैले भन्दै थियो – ‘पारी गाँवको पनि हिजो एकजना कोरोनाले मरेछ भनेको सुनिन्दैछ । कुरा कति सत्य हो कुन्नि! ’ छेवैमा बसेको मनमतिले पनि डरसरिको आवाजमा सहजै जवाब दिईहाल्छ ‘आप्पुई हो र ? हे भगवान ! के के हुनु आँटेको होला नि जगतमा । मरिन्छ क्या हो ।’ यतिकै भन्दै हरेश खान्छिन् । सन्तबिर सबैभन्दा पहिलो पंक्तिमा उभिएको छ । उसले भित्र बाटनै सबैले सुन्नेगरि भन्दै थियो – ए बजिया हो! ना ना थरि के बोल्छस् हाँ ? सरकारले दबाई लगाईदिदैछ त । जाउ न भोली मेडिकल तिर । भेक्सिन सुई लगाईदिदैछ सित्तैमा ।
यसले कोरोना फोरोना लाग्दैन अरे क्या । मैले त एक लगाई दिए । तर यो दबाई लगाएर चिरप चिरिप चै लगाउनु हैन नि फेरि । अब अर्को खोप लगाउनु छ । यति लगाए पछि डराउँदै बाँच्नु पर्दैन क्या त…..!’ यसो भन्दै उ चाहिँ गजक्कै पर्छ । उसको कुरा सुनेर छेवैमा उभिएको मनेले ख्यालख्यालमै भनिहाल्छ – ‘हैट ! अन्त भेक्सिन लगाएर पनि मास्क र ग्लोबस लगाईदिएको ?’ मनेको कुरा सुनेर सबै गलल हाँस्छ । सन्तलाल झोक्किएर कराउँछ – ‘बजिया मने ! यो खोप लगाएपछि पनि माक्स र ग्लोबस लगाउनुपर्छ । भिड़बाट जोगिनुनै पर्छ । बुझिस् बजिया ?’ सन्तलाल झोक्किएको देखेर मने चुप हुन्छ ।
बिरेले खैनी माड़दै नै सन्तलाललाई दिँदै नम्र बोलिमा भनिहाल्छ – ‘अब त भेक्सिनवाला र म भेक्सिन बिनाको । बचाई एकै त भयो नि होइन र ? मान्नैपर्छ समाज दुरुत्व, हातमा ग्लोवस लगाएकै राम्रो, सेनीटाईजर प्रयोग गर्नुनै पर्छ । साफ सफाईमा पनि ध्यान दिइराखे झन् राम्रो हो नि ! कि कसो ? तर त चाहिँ भेक्सिन लगाएर म सम्पूर्ण सुरक्षीत छु भन्ने तेरो सोचाई पुरै गलत छ है । गलत छ है सन्ते दाजु ।’ भनेर गजबकै कुरा राखिदिदा पो सन्तलालको मुखभरि मूला खाँदिदिन्छ बिरेले । तब पो सन्तलाल पनि चुप लाग्छ ।
बिरेको कुरा सुनेर बिचबाट घनेले पनि भन्दै थियो – ‘खै ! कुन्नि कुरा के के हुने हो कुन्नि ? हाम्रो घर पल्लो छेउको भोले दाजु पनि निक्कै खोक्दै थियो है । उ घरबाट पनि निस्केको छैन खै ! कस्तो पारा हो यो ?’
धनेको कुरा सुनेर सबै चुप लाग्छ । समय नै यस्तै छ । हुने नहुने हल्लाहरूको थाक बनिरहेको छ । सत्य कम्ति आउँछ झुठ धेरै । राम्रो कुरा कसैले जान्दैन नराम्रो यसरी प्रचार भईहाल्छ । आज मान्छेले आफ्नै छेउ आफ्नै मान्छेको प्रसंसा गर्नु जति हिच्किचाउँछन् । उति घृणा गर्न रूचाउँछन् । इर्ष्या गर्न रुचाउँछन् । बरु होड़ गर्न रुचाउँछन् । परेकोलाई अङ्गाल्नेहरू भन्दा उछाटेर सात डाड़ा कटाईदिनेहरुनै धेर जन्मिन्छन् । हिजो आज मान्छेले मानवता हराएको छ । हरेक समाजमा बाटो घाटोको, कुर्सी टेबलको बिकास त छदैछ नि । तर हाम्रो गोर्खे समाजमा मानसिक बिकाशको अभाव पनि उतिकै छ । छ त केवल देखावटीको खोक्रो बिकास छ । जसले हाम्रै गोर्खे समाजलाइनै खोक्रो बनाउँदै लगिरहेको भान यसै भिड़को हल्लाहरूबाट उदाङ्गो बनिरहेकै थियो ।
त्यो दिन रासन थाप्नेहरूको भिड़ सकिएको थिएन । बरु अझै थपिन्दै भिड थियो । दोकानको भित्तामा लेखी राखेको छ –‘माक्स छैन, रासन छैन ।’ यसैबाट बुझिन्छ सबैले सर्तकता अपनाईरहेकै छन् । सचेत बनिरहेकै छन् । हुन पनि यो कोरोनाले थरथर पारिरहेको समयमा अलिकति नियमबाट चुकियो कि जिन्दगी फेल भइहाल्छ । सर्तकतानै जिवनको बाँच्ने एक मात्र ब्रम्हास्त्रनै भन्दा भयो । यसैले सबैको मुखमा माक्स अल्झिएकै छन् । माक्सबाट सतर्कता देखिए पनि त्यो लस्कर भिड़मा उभिएर मात्र रासन थाप्नु पर्ने नियम भित्र फेरि अर्को बाध्यता नथपिएको पनि होईन । नियम बनाइएको छ । तर त्यही भित्र नियम तोडÞिएको पनि छ । जे होस् नियम पालन गरेर मात्र रासन थाप्ने सबैको पालो आउँछ । जसरी भए पनि रासन त लानुनै पर्छ । त्यो दिन भोले निक्कै अबेर गरेर रासन दोकान आईपुग्छ अनि लाइनको पछिल्लो पंक्तिमा उभिन्छ । लाईनमै टुसुक्क बसेर कतै नहेरि कसैसंग नबोलि उसले एउटा बिड़ीको ठुट्टा सल्काएर सरसर्ती तान्दै तलतल मेटाउँछ ।
भोले लाईनमा बस्नु दिक्कै लागेर होला । उ भन्दा अघिल्लो अघिकोलाई उसले केही भन्नु अथवा सोध्नु लागेको मात्रै थियो कि बिचारा बिड़ीको धुवाँले सरकेर ख्वाक…ख्वाक…ख्वाक गर्दै खोक्छन् । भोले यसरी खोकेको देखेपछि रासन थाप्नेहरु एक अर्को माझ शंकालु दृष्टिले हेराहेर हुन्छन् । बुड़ीलाई आँखा लगाउने पति र अहिलेको समय ठ्याक्कै एउटै एउटै हो । धनेले अघि भनेको कुरा सम्झन्छन् । त्यो कुरा सत्य साबित भयो। साँच्चै उ खोक्दै त रहेछ । यतिबेला खोक्नु पनि शंकाकै एक पाटो हो । त्यसपछि पो भिड़ पहिला भन्दा फराकिलो बन्छ ।
त्यतिबेलाको परिवेश भोलेलाई पनि थाहा भयो । यसरी खोक्दा बिनाशकालले विपरित बुद्धि भन्ने उक्ति जस्तै । त्यस भिड़मा आँखा लगाउनेहरूको कमी थिएनन् । उसलाई यो पनि थाहा थियो । उसको खोकी बेग्लै हो । जब त्यहाँ उभिएकाहरूले उसलाई नराम्रो भावनाले हेरिरहेका थियो । दुर्दुर गरिरहेको थियो । त्यतिबेला साँघुरो बिचारधाराका त्यस भिड़लाई भोले झोकिएर कराउँछन् – ‘हट गइहाल मेरो छेउ छेउबाट नाथे हो । अहिले मेरो गोजीको पाँच सयको नोट झरोस् त । क–कसको हात पहिला हुन्छ। अनि क–कसले भाग लगाउने होलान् । कुनै लेखाजोखा छैन । अचेल खोक्नु पनि भएन हगि ? बिड़ीको धुवाँले सर्किएर के नै खोंके । यो जाँठाहरुको लस्कर तर्किएर भाग्दै । म बुड़ो मान्छेलाई के भन्नु र गर्नु खोजेको होला नि ?’ भन्दै बेस्सरी झोकिन्छन् । किन नझोक्कियोस् भोले ? सोझो मान्छेको सोझै कुरा छ । उसलाई रासन चाहिएको थियो । अनि उसलाई रासन थाप्ने पालो छिटो चाहिएको थियो । भोलेलाई अरुमा कुनै दृष्टि राख्नु न जान्दथ्यो। न त हिन भावना थुपारेर बाँच्नु थियो । उसलाई रोग भन्दा पनि भोकको पीर थियो । फेरी बिड़ी तान्छ तान्छ अनि खोक्छ ।
बिच्किएको भोलेको दोकानदारलाई सिधै भन्यो – ‘लु ! मलाई रासन दिहाल। अबुई ! नत्र लाग्ला है के के जाति । भन्दै नै रासन थापेर जान्छन् गनगनिन्दै गनगनिन्दै आफ्नो बाटो……।।
वि.सं.२०७८ जेठ २९ शनिवार ०७:२४ मा प्रकाशित





























