back
CTIZAN AD

कविताः माटो नै रहेन भने

वि.सं.२०७८ जेठ २९ शनिवार

1.7K 

shares

माटो नै रहेन भने ??
सन्तान जन्मने छन् अधिकार बिहिन

ए जनता
उठ ।
जुट ।
पुर्खाको पौरख
माटोको सुगन्ध
मानवताको अस्तित्व
विश्वबन्धुत्वको भावना
मातृत्व बचाउको निम्ति उठ ।
कुनै पनि लोकमा
पुस्तादेखि पुस्तासम्म ।
जनता रैती हुन्न ।
न हुन्छ कोही शोषक अधिकारले
छुट्टै हुँदैन पिडक र पीडितको न्यायको
तराजु
एउटै तराजु हुन्छ न्याय जोख्ने ।।
सबै सम्मान र सम्मानित नागरिक हुन्छन्
राज्यको नजर र व्यवहारमा
जो भयो जे हुँदैछ
अति भयो हामी गोर्खे माथि
असाध्य भयो भेदभाव
सिमा नाघ्यो ज्यादतीले
त्यसैले उठ
जुट
बचाउ मातृभाषा र भूमि
माटो भए पो फूल फुल्छ र खेल्छ
सुन्दर देखिएला आँगन ।

खबरदार

अब जनता जागेको बेला हो
आफ्नो बुद्धि र बिवेकले
अस्तित्वको लडाइको
सुरू र अन्त हुन्न
तयार छौ हामी
एकका लागि सय
सयका लागि एक
त्यसैले
रोक हामी माथिको अन्याय र विभेद ।

बासनायुक्त होला समाजरूपी बगैंचा
माटो नै रहेन भने ?
सन्तान जन्मने छ अधिकार बिहिन
समाज बन्ने छ अपहेलित र तिरस्कार
के आफ्ना सन्तानलाई
पढाउन मन छ बंगला भाषा पराजयको इतिहास
थाहा छ
हाम्रा पुर्खा म र तपाइ हामी
सबै यहि माटोको रस हौ
यहाँको पानी बिना हाम्रो रगत सङ्ल्लो हुन्न
भाषा नबोली व्यवहार हुन्न
कस्को ढोका ढकढक्याउने न्याय माग्न
आफ्नै पाइलामुनिको माटो बोकेर
के हामी अपराधी भयौ लुटिएको न्याय माग्दा
के हामी विद्रोही भयौ स्वाधीनताको नारा लगाउँदा
किन बहिस्कार गरिन्छ हाम्रो मागमा
खेलबाड गर्न पाईन्न पवित्र भावना माथि
ए ! एकाइसौं शताब्दी शकुनि हो
कति वटा द्रोपतीको चिरहरण गर्छौ ?
धृतराष्टको अन्धधृष्टता कति बर्ष टिक्ल
एक दुइ तीन
खबरदार
अब जनता जागेको बेला हो
आफ्नो बुद्धि र बिवेकले
अस्तित्वको लडाइको
सुरू र अन्त हुन्न
तयार छौ हामी
एकका लागि सय
सयका लागि एक
त्यसैले
रोक हामी माथिको अन्याय र विभेद ।
सबैमा
आह्वान
उठ जुट
हाम्रो न्याय र स्वाधीनताको लागि
माटो नै रहेन भने ?
सन्तान जन्मने छन् अधिकार बिहिन ।

 

 

 

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:३२ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...