back
CTIZAN AD

कविता: आमा

वि.सं.२०७८ जेठ २९ शनिवार

1.1K 

shares

आमा यो जगमा अनन्त सुखकी भण्डार हौ स्नेहकी
आफ्नो कोख चिरेर यो जगतमा स्रष्टा बन्यौ प्रेमकी ।
आमाको ममता अनन्त छ र पो संसार आकर्षक
बन्ने हो नभए हुँदैन जगमा वात्सल्यको वर्षण ।।

आमा हुन् जगमा हराभर गरी संसार दर्शाउने
को होला उनको अनन्त युगको कर्तव्य दर्शाऊने ।
आमा छन् र छ यो जुनी हर घडी उत्साहले उज्वल
आमा नै नभए कहाँ जगत यो बन्थ्यो सुखी पल्पल ।।

यो सारा दुनिया रचाउन यहाँ आमाहरू सक्षम
आमाको छ अनन्त शक्ति जगमा आमा विना के छ र
आमाकै गर भक्ति हे जनहरू हुन् ती कलाकार पो
उन्को दिव्य कला फुटेर त सबै संसार संसार भो ।।

आमा सिर्जन गर्दछिन् सब कुरा सत्पुत्रको चाहले
आमाको अनुहार त्यो नभर है रेखा दुराचारले ।
आमाको मन हास्नु पर्छ म बरू रोएर के हुन्छ र
आमाको शिर उच्च राख्न नसके बाचेर के हुन्छ र ।।

माया हुन् मनकी अनन्त गुणकी खानी बडा भावकी
आशा हुन् मनकी विशाल भवकी आधार हुन् जीवकी ।
शोभा हुन् गृहकी प्रकाश छरने हुन् दीप संसारकी
आमा नाम सधै सधै प्रिय हुने संजीवनी रोगकी ।।

आमाको ममता भुलेर दुनिया अन्तै रमाए पनि
सम्झिन्छिन् बिचरा परिश्रम गरी अन्तै सजाए पनि ।
के मिल्ला र पराइका घर पसी आत्मीयता भावना
आमाको अनुभूतिको प्रणयको सामीप्यको चाहना ।।

आमाको ऋण तिर्न यो जगतमा के को सकिन्थ्यो बर
आमाको दुख आँसु पुछ्न कहिले कस्ले सकेको छ र ।
आमाले नदिने कुनै सुख यहाँ सन्तानलाई छ र
यो आफ्नो सुखदुःखको नव जुनी आमा नभै मिल्छ र ।।
आमाको तन लुछ्न खोज्दछ भने सत्पुत्रले लड्नु है
आमाको मन भाड्न खोज्दछ भने सत्चेतना भर्नु है ।
लूट्ने गाथ सताउने खुँदिरने ती शत्रु चिन्ने गर
छिर्ने आँट कतै नहोस् मनमहाँ हुंकार गर्दै गर ।।

आमाको अनुहारमा मधुरता छाओस् सदा सर्वदा
सेवाले तन चम्किलो भइरहोस् स्वातन्त्र्य बाचोस् सदा ।
जो सिंहासनमा बसी हुकुम ती दिन्थिस् बचाऊ सदा
त्यो आदेश दिने स्वतन्त्र रहने आमा रहुन् सर्वदा ।।

आमा सुन्दर सृष्टिले जगतमा कल्पान्त टिक्छिन् अरे
जैलेसम्म रहन्छ सूर्य नभमा वात्सल्य पोख्छिन् अरे ।
यो धर्ती जबसम्म टिक्छ मनले आनन्द घोल्छिन् अरे
हाम्रा ती हिमशैलसाथ रहदा अस्तित्व बाच्छिन् अरे ।।

 

 

 

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:२९ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...