back
CTIZAN AD

स्वीट्जरल्यान्डमा सिन्थेटिक विषादीमाथि प्रतिबन्ध लगाइने

वि.सं.२०७८ जेठ ३० आइतवार

687 

shares

३० जेठ, जेनेभा । युरोपेली मुलुक स्वीट्जरल्यान्डमा सिन्थेटिक विषादीमाथि प्रतिबन्ध लगाउने एक प्रस्तावमा आइतबार मतदान हुँदैछ ।

स्वीट्जरल्यान्डमा यो सहित आतंकवाद विरोध उपाय र कोभिड–१९ का कानुन समेत विभिन्न जल्दाबल्दा विषयमा पनि मतदान हुँदैछ । अधिकांश व्यक्तिले हुलाक मार्फत पहिल्यै मतदान गरिसकेका छन् । आइतबार मतदान सकिए लगत्तै मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको छ ।

यस पटकको मतदानमा विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने विषय सबैभन्दा पेचिलो बनेको छ । किसानहरुबीच नै यो विषयलाई लिएर तिब्र मतान्तर र बहस जारी छ । स्वीट्जरल्यान्डका किसानहरु विषादीको प्रयोगका विषयमा पक्ष र विपक्षमा बाँडिएको देखिएको छ ।

पश्चिमी भड क्षेत्रमा किसानहरुको खेतमै पुगेर एक पक्षले किसानका ट्रेलरमा आगो लगाइदिएका छन् भने हुन्छ भन्ने पक्षमा देखिएका अभियन्ताहरुले आफूहरुमाथि अपमान, धम्की र सन्त्रास फैल्याएको बताएका छन् ।

“सिन्थेटिक विषादीबाट मुक्त स्वीट्जरल्यान्ड” भन्ने पक्षधरहरुले १० वर्षभित्र स्वीट्जरल्यान्डमा विषादीमाथि प्रतिबन्ध लगाउन आह्वान गरिरहेको छ । उनीहरुले विषादी हालेका विदेशबाट आयातित खाद्यवस्तुलाई पनि गैरकानुनी बनाउनु पर्ने माग गरिरहेका छन् ।

दोस्रो, “सफा खानेपानी र स्वस्थ खाद्य” नारा लिएका पक्षधरहरुले विषादी प्रयोग नगर्ने फार्महरु तर बिरामी पशुको उपचारका लागि एन्टिबायोटिक प्रयोग गरेमा सरकारी अनुदान उपलब्ध गराउनु पर्ने माग गरिरहेका छन् ।

खेतमा तरल मलखादको प्रयोगको मात्रा र त्यहाँबाट चुहिने तरल पदार्थ जल प्रणालीमा प्रवेश गर्ने सम्भावनालाई पनि सीमित गर्नुपर्ने हुन्छ । पर्यावरणविद् र दक्षिणपन्थी राजनीतिक पक्षधरहरुले दुबै मागमा समर्थन जनाएका छन् ।

स्वीस सरकारले आमजनताले विपक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेको छ । सरकारको भनाईमा प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान भए त्यसले राष्ट्रिय खाद्य सम्प्रभुतालाई नजरअन्दाज गर्नेछ ।

शहरी मतदाताहरुले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना देखिएको छ, र ग्रामीण क्षेत्रका मतदाताहरुले विपक्षमा मतदान गर्ने मत सर्वेक्षणले देखाएको छ । तर सर्वेक्षणले दुबै प्रस्ताव अस्वीकृत हुन सक्ने अनुमान गरेको छ ।
रासस

वि.सं.२०७८ जेठ ३० आइतवार १६:४३ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...