back
CTIZAN AD

आज देशैभरी २६०७ जनामा कोरोना संक्रमण, ३९ जनाको मृत्यु

वि.सं.२०७८ असार ३ बिहीवार

786 

shares

३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २६०७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७,७११ पिसीआर र ४७७३ ऐन्टिजेन गरी १२ हजार ४८४ नमुना परीक्षणमा २६०७ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ३६, ललितपुरमा १२१ र काठमाडौंमा ४१३ गरी उपत्यकामा आज ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २६०७ जनासँगै नेपालमा ख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको सख्या ६ लाख १५ हजार ९८४ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४,०५६ जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख ४० हजार ४० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २१४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २१४१ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८८.६ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ३९ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,५९७ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ६१ हजार ७२५ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५७ हजार ५३१ जना र संस्थागत आइसोलेशनमा ४१९४ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ९१६ र भेन्टिलेटरमा २४९ जनाको उपचार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या कम भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी थपिए २८२८ कोरोना संक्रमित, ५२ जनाको मृत्यु

 

वि.सं.२०७८ असार ३ बिहीवार १७:१५ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...