back
CTIZAN AD

ब्राजिलमा सङ्क्रमणबाट एकै दिन करिब तीन हजार नागरिकको मृत्यु

वि.सं.२०७८ असार ३ बिहीवार

537 

shares

३ असार,साओ पाओलो । ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ । यहाँको स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको ज्यान गएको बताइएको हो ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९३ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।

ब्राजिलमा धेरै पछि यति धेरै नागरिक एकैदिन मृत्यु भएको पाइएको छ । योसँगै यहाँ पछिल्ला केही समयमा प्रकोप बढ्दै गएको देखिएको छ । त्यसैगरी सोही अवधीमा थप ९९ हजार ३६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी धेरैपछि यति धेरै संख्यामा सङ्क्रमित भेटिएका पनि बताइएको छ ।

कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । यहाँ केही समयअघि सम्म अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका थिए ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् । ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ ।

त्यसैगरी यहाँ भारतपछि सबैभन्दा धेरै नागरिक संक्रमित भएका छन् । केही हप्ता यता यहाँ मृत्यु हुने र संक्रमित हुनेको संख्या घटेको जस्तो देखिए पनि पछिल्ला दिनहरुमा बढेको पाइएको छ ।
रासस

वि.सं.२०७८ असार ३ बिहीवार १७:०६ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...