back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए २७६८ कोरोना संक्रमित, ४४ जनाको मृत्यु

वि.सं.२०७८ असार ४ शुक्रवार

633 

shares

४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २७६८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७,५६९ पिसीआर र ५४६८ ऐन्टिजेन गरी १३ हजार ३७ नमुना परीक्षणमा २७६८ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ५४, ललितपुरमा ६० र काठमाडौंमा ३४९ गरी उपत्यकामा आज ४६३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ३७६८ जनासँगै नेपालमा पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको सख्या ६ लाख १७ हजार ९४७ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४,८६१ जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ४०२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४०२० जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८९ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ४४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,६४१ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ५९ हजार ६२४ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५५ हजार ३७५ जना र संस्थागत आइसोलेशनमा ४२४९ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ८७२ र भेन्टिलेटरमा २४६ जनाको उपचार भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार पनि आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या कम भएको छ ।

आज देशैभरी २६०७ जनामा कोरोना संक्रमण, ३९ जनाको मृत्यु

वि.सं.२०७८ असार ४ शुक्रवार १७:०१ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...