back

चीनले बच्चा जन्माउने सीमालाई सन् २०२५ सम्ममा पूर्णतया हटाउने सक्ने

वि.सं.२०७८ असार ५ शनिवार

414 

shares
GLOBAL IME AD
NTC AD

५ असार, बेइजिङ । चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको ‘द वाल स्ट्रीट जर्नल’मा उल्लेख छ ।

रिपोर्ट अनुसार सरकारले चीनको चालु पञ्चबर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने प्रतिबन्धहरूलाई पूर्णतया हटाउन सक्छ ।

चीनको राष्ट्रिय तथ्याङ्क विभागले मेमा सार्वजनिक तथ्याङ्कमा देशको जन्म दर सन् २०१६ देखि सन् २०२० सम्म लगातार चार बर्षसम्म घटेको देखिएको थियो । सन् १९५० पछि विश्वव्यापी रूपमा नै सिनच्याङ प्रान्तमा सबैभन्दा बढी जन्मदर घटेको देखाइएको छ । चिनियाँ स्रोतलाई उद्धृत गर्दै ‘द वाल जर्नल’ भनिएको छ, “चीनले जन्मदर कम भएका क्षेत्रहरूमा छिट्टै प्रतिबन्धलाई सहज बनाउन थाल्नेछ र क्रमशः अन्य प्रान्तहरूमा पनि यो योजना अघि बढाउनेछ ।”

चीनले जनसङ्ख्या नियन्त्रणका लागि महिलाहरूलाई बन्ध्याकरणका लागि प्रोत्साहन गरेपछि पाको उमेरको जनस ङ्ख्या अधिक भएको छ । जनसङ्ख्या नियन्त्रणको लागि तय गरिएको नियम तोड्नेलाई जेल सजाय दिने नीतिहरूको कारण जन्मदरमा निकै कमी आएको जर्नलमा उल्लेख छ ।

 पछिल्लो दशकहरूमा अन्य विकशित मुलुकमा जस्तै चिनियाँहरूले पनि बच्चा जन्माउन नचाहनु बुढ्यौली जनसङ्ख्या बृद्धिको प्रमुख कारण हो ।

गत वर्ष परिवर्तनको बावजुद, चीनले खाद्य सङ्कटको चरम विन्दुको तुलनामा देशको हालको आर्थिक वृद्धिपछि पनि प्रति वर्षको नवजात शिशुहरूको जन्म दरमाकमी देखिएपछि नयाँ नीति ल्याई जन्मदरलाई बढाउन लागेको बताइएको छ । चीनमा अहिले पनि प्रति व्यक्ति आय अझै पनि छिमेकी दक्षिण कोरियाभन्दा आधा कम रहेको अमेरिकी पत्रिका वाशिङ्गटन पोस्टले हालै उल्लेख गरेको छ ।

यसअघि सीएनएनमा प्रकाशित एक लेखमा केही विज्ञहरूलाई उद्धृत गरी बेइजिङ्ले बच्चा जन्माउने नियमलाई किन पूरै नहटाएको हो भन्ने सन्दर्भमा यसको कारण सिन्च्याङ हुन सक्ने बताइएको छ । बेन वेस्टकोटले सीएनएनमा लेखेका छन्, “चीनले विशेष गरी सिनच्याङस्थित जातीय अल्पसङ्ख्यक समुदायप्रति बेइजिङ्को मनोविज्ञानका कारण उनीहरूको अभिभावकत्व सीमित राखेको छ ।”

यसबाहेक, चिनियाँ सरकारले परिवारमा तीन बच्चाको सीमा राख्नुको कारण सिन्च्याङको जन्म दरमा नियन्त्रण कायम राख्नु भएको भएपनि कतिपय चिनियाँ प्रशासनका आलोचकहरूले भने पनि खासमा १९५० को दशकमा देखिएको उच्च जनसङ्ख्या वृद्धिका कारण आएको खाद्य सङ्कट र अनियन्त्रित जनसङ्ख्या वृद्धि रोक्नु नै ४० बर्ष पहिले अख्तियार गरेको एक बच्चा नीति चीनका लागि बरदान बनेको थियो ।

तर पछिल्लो दशकहरूमा अन्य विकशित मुलुकमा जस्तै चिनियाँहरूले पनि बच्चा जन्माउन नचाहनु बुढ्यौली जनसङ्ख्या बृद्धिको प्रमुख कारण हो ।

कुनै समय अत्यधिक जनसङ्ख्याका कारण असहज बनेको चिनियाँ खाद्य सङ्कट र कमजोर अर्थतन्त्र एक बच्चा नीतिका कारण सफल भएको बताउने गरिन्छ ।

चीनको विकासको क्रममा नीतिले सफलतापूर्वक जन्मदरमा कडाई भएका कारण यसको नकारात्मक प्रभाब हालैका वर्षहरूमा युवा जनसङ्ख्यामा कमी देखिनुलाई मानिएको छ । अधिकारीहरूले देशको आर्थिक वृद्धिको शक्तिलाई थप शसक्त पार्न पर्याप्त युवा श्रमिकहरू हुनुपर्दछ तर चीनको अहिलेको अवस्थाले योभन्दा भिन्न स्थितिको सामना गर्नुपर्ने विज्ञहरूको सुझाब आएका कारण सरकारले बच्चा जन्माउने सीमालाई हटाउन लागेको भनाइहरूमा थप सत्यता देख्न सकिन्छ ।

यो जनसङ्ख्या समस्यालाई सम्बोधन गर्न चीनले सन् २०१६ देखि एक दम्पत्ती एक बच्चा नीतिलाई खुकुलो पार्दै दुई बच्चा जन्माउन पाउने नीति अघि ल्याएको थियो । यसमा पनि थप संशोधन गर्दै यसै बर्षदेखि एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने प्राबधान ल्याइएको छ । (रासस/एएनआई)

वि.सं.२०७८ असार ५ शनिवार १६:१३ मा प्रकाशित

दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ववर्ती अमेरिकी सरकारले दुई हजार...

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी...

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को...

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...