back
CTIZAN AD

आज देशैभरी २४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

वि.सं.२०७८ असार ५ शनिवार

564 

shares

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २४०१ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७,०१० पिसीआर र ४६८६ ऐन्टिजेन गरी ११ हजार ६९६ नमुना परीक्षणमा २४०१ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ४४, ललितपुरमा ९२ र काठमाडौंमा २०१ गरी उपत्यकामा आज ३७७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २४०१ जनासँगै नेपालमा पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको सख्या ६ लाख १९ हजार ६३५ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५,५७४ जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३६६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३६६० जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८९.३ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ३४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,६७५ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ५७ हजार ६१८ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५३ हजार ७३३ जना र संस्थागत आइसोलेशनमा ३८८५ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ८७४ र भेन्टिलेटरमा २५८ जनाको उपचार भइरहेको छ । शुक्रबारको तुलनामा शुक्रबार पनि आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या कम भएको छ ।

पछिल्लो २४ घण्टामा थपिए २७६८ कोरोना संक्रमित, ४४ जनाको मृत्यु

वि.सं.२०७८ असार ५ शनिवार १६:५७ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...