७ असार, काठमाडौं । कोरोना संक्रमण भएका बेला नियमित खाने गरेका औषधिहरु खाने कि नखाने भनेर धेरैजनामा दुविधा रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी औषधि नियमित रुपमा सेवन गर्न सुझाव दिएको छ ।
उच्च रक्तचाप, मधुमेह जस्ता रोगका औषधि सेवन गर्नाले कोभिड १९ संक्रमितमा कुनै जटिलता सिर्जना नगर्ने बताउँदै नियमित सेवन गर्ने औषधि छोड्दा उच्च रक्तचाप र मधुमेहका विरामीलाई थप जटिलता हुने हुनाले कोरोना संक्रमण भएका बेला पनि यस्ता औषधि नियमित खान मन्त्रालयले सुझाव दिएको हो ।
यस्तो अवस्थामा आइसोलेशनमा रहँदा रक्तचाप र मधुमेह नियन्त्रणमा राख्न हल्का व्यवयाम गर्न तथा मदिरा सेवान र धुम्रपान नगर्न तथा पोषणयुक्त खानेकुरा खान पनि अनुरोध गरिएको छ ।
वि.सं.२०७८ असार ७ सोमवार १६:५१ मा प्रकाशित





























