back
CTIZAN AD

न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई फाइजर खोप दिइने

वि.सं.२०७८ असार ९ बुधवार

1K 

shares

९ असार, न्यूजील्याण्ड । न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निश्कर्ष निकालेको हो ।

यस सम्बन्धमा औषधी नियामक निकायले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री जसिन्डा अर्डेर्नले मन्त्रिपरिषदबाट यो प्रस्ताव पारित गरेपछि १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीहरुलाई खोप लगाउन थालिने भएको छ । यस वर्षको अन्त्यसम्ममा उनीहरुलाई खोप लगाएर सकिने अनुमान गरिएको छ ।

अहिलेसम्म कोरोनाभाइरसका कारण बालबालिकाहरुमा परेको असर तुलनात्मक रुपमा कम देखिएका छन् । विशेष गरेर उनीहरुलाई गम्भीर बनाएका घटना पनि कम भएको अधिकारीहरुले जनाएका छन् । तर पनि उनीहरुलाई खोप लगाउनु पर्ने आवश्यकता देखिएको छ । उनीहरुलाई खोप लगाउने पर्ने मुख्य दुई कारण ठानिएको छ ।

पहिलो कारण उनीहरु आफैंलाई धेरैले असर नपरे पनि उनीहरुले अरुलाई सार्न सक्ने संभावना रहने भएकाले उनीहरुलाई खोप लगाउनु पर्ने सुझाव आएको छ । अर्को, बालबालिकालाई अहिले मृत्युकै घटना नभएपनि त्यसले दिर्घकालीन असर भने पर्ने देखिएको छ ।

किशोर किशोरीहरुलाई पनि खोप लगाउने निर्णय अन्य केही देशहरुले पनि गरिसकेकाले न्यूजील्याण्डले समेत उनीहरुलाई खोप लगाउने निर्णय गर्न लागेको हो ।

वि.सं.२०७८ असार ९ बुधवार १५:४५ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...