back

न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई फाइजर खोप दिइने

वि.सं.२०७८ असार ९ बुधवार

555 

shares
GLOBAL IME AD
NTC AD

९ असार, न्यूजील्याण्ड । न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निश्कर्ष निकालेको हो ।

यस सम्बन्धमा औषधी नियामक निकायले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री जसिन्डा अर्डेर्नले मन्त्रिपरिषदबाट यो प्रस्ताव पारित गरेपछि १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीहरुलाई खोप लगाउन थालिने भएको छ । यस वर्षको अन्त्यसम्ममा उनीहरुलाई खोप लगाएर सकिने अनुमान गरिएको छ ।

अहिलेसम्म कोरोनाभाइरसका कारण बालबालिकाहरुमा परेको असर तुलनात्मक रुपमा कम देखिएका छन् । विशेष गरेर उनीहरुलाई गम्भीर बनाएका घटना पनि कम भएको अधिकारीहरुले जनाएका छन् । तर पनि उनीहरुलाई खोप लगाउनु पर्ने आवश्यकता देखिएको छ । उनीहरुलाई खोप लगाउने पर्ने मुख्य दुई कारण ठानिएको छ ।

पहिलो कारण उनीहरु आफैंलाई धेरैले असर नपरे पनि उनीहरुले अरुलाई सार्न सक्ने संभावना रहने भएकाले उनीहरुलाई खोप लगाउनु पर्ने सुझाव आएको छ । अर्को, बालबालिकालाई अहिले मृत्युकै घटना नभएपनि त्यसले दिर्घकालीन असर भने पर्ने देखिएको छ ।

किशोर किशोरीहरुलाई पनि खोप लगाउने निर्णय अन्य केही देशहरुले पनि गरिसकेकाले न्यूजील्याण्डले समेत उनीहरुलाई खोप लगाउने निर्णय गर्न लागेको हो ।

वि.सं.२०७८ असार ९ बुधवार १५:४५ मा प्रकाशित

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

हाइनान(चीन) । एसियाका लागि बोआओ फोरम (बिएफए) को वार्षिक सम्मेलन...

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

सियोल । बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा...

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

सियोल । दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण...

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

बैंकक । थाइल्यान्डकी प्रधानथाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्तमन्त्री पेटोङ्टार्न...

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य...

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

हाइनान (चीन) । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा...