back

छिमेकीले मानसिक यातना दिएको भन्दै एक महिलाले छोरासहित १२ तलाबाट हाम फालिन्

वि.सं.२०७८ असार ९ बुधवार

408 

shares
GLOBAL IME AD
NTC AD

९ असार, दिल्ली । छिमेकीले सताएको भन्दै एक महिलाले १२ तलाबाट हाम फालेर आत्महत्या गरेकी छन् ।

यो घटना हो भारतको । भारतको मुम्बई राज्यको अंधेरी सहरमा बस्ने ४४ वर्षीया रेश्मा तेन्त्रिल नामकी महिलाले आफ्ना ७ वर्षीय छोरा गरुणलाई बोकेर १२ तलाबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।

प्रहरीका अनुसार रेश्माका छिमेकीले पटक–पटक झगडा गरेका कारण उनले उक्त कदम उठाएको देखिन्छ । पूर्व पत्रकार समेत रहेकी रेश्माका श्रीमानको एकमहिना अगाडि कोरोनाका कारण मृत्यु भएको थियो ।

आत्महत्या गर्नुपूर्व रेश्माले एक सुसाइड नोट समेत लेखेकी छन् । त्यसमा उनले छिमेकी अयुव खान र उनको परिवारले आफ्नो छोरा चिच्याएको निहुँमा मानसिक रुपमा पीडा दिएको समेत लेखेकी छन् । प्रहरीले छिमेकी खानलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीको सोधपुछका क्रममा अयुव खानले आफ्नो घरको कोही सदस्य विरामी रहेको तथा रेश्माको छोराले जोडसँग चिच्याएका कारण आफूहरु सुत्न नसकेको भन्दै टोलका अन्य मानिसहरुलाई पनि यसको बारेमा बताएका थिए । टोलका अन्य मानिसहरु आएर खानको परिवार र रेश्माको समस्या समाधान गरिदिएको पनि उनले प्रहरी सामु बताएका छन् ।

सोमबार आत्महत्या गरेकी उनको शब अहिलेसम्म उठेको छैन । समाचार ऐजेन्सीले जनाए अनुसार मुम्बईमा उनको कोही परिवार नभएकोले प्रहरीले अमेरिकामा रहेका उनका भाइ आएपछि मात्र शबको दाहसंस्कार गर्ने भन्दै पर्खिरहेको छ ।

वि.सं.२०७८ असार ९ बुधवार १५:३६ मा प्रकाशित

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

जकार्ता । दक्षिण-मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म...

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

रियो डि जेनेरो । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको...

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै...

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

किएभ । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा...