back
CTIZAN AD

छिमेकीले मानसिक यातना दिएको भन्दै एक महिलाले छोरासहित १२ तलाबाट हाम फालिन्

वि.सं.२०७८ असार ९ बुधवार

672 

shares

९ असार, दिल्ली । छिमेकीले सताएको भन्दै एक महिलाले १२ तलाबाट हाम फालेर आत्महत्या गरेकी छन् ।

यो घटना हो भारतको । भारतको मुम्बई राज्यको अंधेरी सहरमा बस्ने ४४ वर्षीया रेश्मा तेन्त्रिल नामकी महिलाले आफ्ना ७ वर्षीय छोरा गरुणलाई बोकेर १२ तलाबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।

प्रहरीका अनुसार रेश्माका छिमेकीले पटक–पटक झगडा गरेका कारण उनले उक्त कदम उठाएको देखिन्छ । पूर्व पत्रकार समेत रहेकी रेश्माका श्रीमानको एकमहिना अगाडि कोरोनाका कारण मृत्यु भएको थियो ।

आत्महत्या गर्नुपूर्व रेश्माले एक सुसाइड नोट समेत लेखेकी छन् । त्यसमा उनले छिमेकी अयुव खान र उनको परिवारले आफ्नो छोरा चिच्याएको निहुँमा मानसिक रुपमा पीडा दिएको समेत लेखेकी छन् । प्रहरीले छिमेकी खानलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीको सोधपुछका क्रममा अयुव खानले आफ्नो घरको कोही सदस्य विरामी रहेको तथा रेश्माको छोराले जोडसँग चिच्याएका कारण आफूहरु सुत्न नसकेको भन्दै टोलका अन्य मानिसहरुलाई पनि यसको बारेमा बताएका थिए । टोलका अन्य मानिसहरु आएर खानको परिवार र रेश्माको समस्या समाधान गरिदिएको पनि उनले प्रहरी सामु बताएका छन् ।

सोमबार आत्महत्या गरेकी उनको शब अहिलेसम्म उठेको छैन । समाचार ऐजेन्सीले जनाए अनुसार मुम्बईमा उनको कोही परिवार नभएकोले प्रहरीले अमेरिकामा रहेका उनका भाइ आएपछि मात्र शबको दाहसंस्कार गर्ने भन्दै पर्खिरहेको छ ।

वि.सं.२०७८ असार ९ बुधवार १५:३६ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...