back
CTIZAN AD

एउटा चिट्ठी उनलाई

वि.सं.२०७८ असार १२ शनिवार

1.4K 

shares

प्रिय !
तिमी हुँदा र नहुँदामा धेरै फरक पर्दो रहेछ । सम्झन्दो हौ म आनन्दमा छु भनेर । हो म आनन्दमा नै छु, खुशी छु, सुखी छु तर नितान्त एक्लो छु । हुनु र नहुनुको पार्थ्यक्य बुझ्दैछु । थाहा छ तिमीलाई फुर्सदको समय या अलिकति समय चोरेर माथि डाँडातिर घुम्न जान्थ्यौ हामी । त्यो साँघुरो बाटोको गोलाइमा एउटा चेप्टो डुङ्गामा बसेर आँखाले भ्याएसम्म सुन्दर दृश्यहरू हेरेर रमाउने गथ्र्यौ । सम्झना आइरहन्छ ।

विस्तारै कुइरोले छेक्दै गएपछि हामी घर फर्कन्थ्यौ । आजकल तिनै सम्झनाहरु बटुलेर कल्पना गर्दै उडान भर्ने गर्छु ।।

कहिलेकाहीं कलम चलाउँछु तर मलाई साहित्यकार नसम्झनु, म कुनै साहित्यकार होइन । साहित्य मनपर्छ, साहित्य मन पराउँछु म, साहित्यलाई पछ्याउँछु । तर साहित्यकार हुन त धेरै अध्ययन गर्नुपर्छ । धेरै साहित्यिक पुस्तकहरू छिचोल्नु पर्छ । भनौ नै भने साहित्यको खेत खन्नु पर्ने हुन्छ जो मेरो निम्ति असम्भव हो । कथा पनि कहाँ लेख्न सक्छु र म ! समाजमा भइरहेको वास्तविक चित्रण गर्न सक्छु ।

कवि पनि पटक्कै होइन म प्रिय !

छन्दमा छन्द मिलाएर शब्दहरू सजाउन नसक्ने म कसरी कवि कलमकार हुने ! म त प्रकृतिसँग रमाएका कुरा लेख्ने गर्छु, चिसो बतास सितै उड्न खोज्छु, आश्रित र अनाश्रीत दुःखी महिलाहरूको दुःख पोखिदिने गर्छु । जानी नजानी शब्दहरू सजाउने कोशिश गर्छु ।

तिमीलाई स्वर्गमा रमाइलो होला । भन्छन् : स्वर्गमा रङ्गीविरङ्गी कहिल्यै नमुर्झ्याउने फूलहरूको बँगैचा, महलनुमा आलिशान घरहरू, झलमल्ल निलो आकाश, उज्यालो प्रकाश हुन्छन् रे अनि सबै मिलेर हाँसी खुशी स्वर्गिय आनन्द लुट्छन् रे तर स्वर्गमा पुगेर फर्की आएको व्यक्ति आजसम्म देखिएको छैन । स्वर्ग शब्द उसै पनि सुन्दर छ र तिमी त्यो सुन्दर संसारमा छौ भनेर म विश्वस्त छु ।

हाम्रो यो धर्तीमा अस्चस्थ सोच हरुको खेती हुन्छ, वैश्विक महामारी सगंसगै नकारात्मक विचारहरू र दोषारोपणको ठूलो ठूलो झ्याँगहरुले बलियो जरा गाढीसकेको छ। नरकतुल्य भएको छ प्रिये हाम्रो धर्ती माता। यसै धर्तीमा यसरी नै बाँचिरहेको छु म पनि त्यो ठुट्टे बुडो रुख सरह। सबै छन् मेरो वरिपरि तर पनि एक्लो छु म पनि त्यो ठुट्टे रूख जस्तै। कहिले बतास सित बात गर्छु, चिसो स्पर्शमा न्यानो अनुभुत हुन्छ। खोलानाला पहाड पर्वत आफ्नो बनाउँछु। अनि कहिले काँही मलाई निस्पष्ट अध्याँरो रात औधी मनपर्छ ताकि मेरो हृदयभित्रको दियो बालेर तिमीलाई खोज्न सकुँ।

एउटै कुरोको खट्को छ, तिम्रो अस्वस्थताले गर्दा एक दुइ शब्द मायाको बोल्दै नबोली धेरै टाढा गयौ तिमी कहिल्यै नर्फकिने गरी । बोल्न त खोजें मैले पनि बोल्नै सकिन तिमी नबोले पछि । तिम्रो माया मुटुभित्र लुकाई राखे कहिल्यै नमेटिने गरी । हिजो अस्ति हो त्यही बाटो भएर माथिसम्म एक्लै गएँ । बाटोभरी आरुबखडाको रातो फूलहरू झरेर मेरो स्वागतमा ओछ्याइएको रातो गलैंचा जस्तै लाग्यो । म औधी खुशी भएँ तर क्षणभरमा नै हुरी वतासले छरपष्ट उडाई लग्यो, बटुल्न खोजे तर बटुलिएन प्रिय ! म अवाक् हेरिरहे । एउटा मिथक्क विचार मनभित्र पस्यो । कुनै दिन या आउने साल ती आरुबखडाको झ्याङ्ग हरियो होलान्, फेरि फूलहरू फुलेर ढकमक्क होलान् ती पाखा पखेरामा अनि म जस्तै अरू पनि रमाउलान् मनभित्रको पिरवेदना लुकाएर ।

हिजो आज म त्यो माथि डाँडाको एक्लो ठुट्टे रुखसँग बात गर्ने गर्छु । त्यो रुखले खिसिक्क हाँस्दै सुटुक्क भन्छ मलाई–‘बैशमा धेरै गरे धेरै दिएँ, कमजोर भएपछि काटिन्दै गए छाटिन्दै गए । अब मसित केही नभएको कारण मेरो सामु कोही आउदैनन्, एक्लो छु एक्लो ।’ म पनि खिसिक्कै हाँसिदिन्छु । फेरि भन्छ उ– ‘कसैले काटेर लगे हुन्थ्यो, आफै त ढल्न सक्तिनँ म । मेरो बाँकी अवशेष चुल्हा जलाउने काम आउँथ्यो या कसैको चिता जल्ने थिए ।’

कति निष्ठावान भएर बोल्न सकेको आफ्नो धर्म निभाउनु । उसको कुराले गर्वबोध हुन्छ मलाई ।

आफ्नो अन्तिम दिनमा पनि कसै न कसैको निम्ति समर्पित हुन चाहनु आफ्नो धर्म ठान्छ उ ।

अहो! खास कुरो त लेख्नै भुलेछु मैले। एक्लो हुँदा मान्छेको भिडमा आफ्नो मान्छे खोज्दा मान्छे नै पाइन्न, आमाको दाहसंस्कार गर्न छोरा भेटिन्न,बाबुले छोरा भेट्न पाउँदैनन्। असल मानिसहरू स्वर्ग जान नपाई वैश्विक महामारीको कोरोनाले एक एक गरेर प्लास्टिकको कालो थैलीमा हालेर निल्दैछ। छिमेकीको घरमा मृत्यु शोक परे समवेदना प्रकट गर्नु त परै जावोस् आफ्नो घरको झ्यालढोका बन्द गरेर बस्ने अवस्था छ। तिमी त कति भाग्यमानी! समयमा नै स्वर्ग जानु तिम्रो अहोभाग्य हो भन्छु।

शुद्धीकरणको निम्ति पवित्र गंगा नदीमा गंगाजल पाइन्न।

हाम्रो यो धर्तीमा अस्चस्थ सोच हरुको खेती हुन्छ, वैश्विक महामारी सगंसगै नकारात्मक विचारहरू र दोषारोपणको ठूलो ठूलो झ्याँगहरुले बलियो जरा गाढीसकेको छ। नरकतुल्य भएको छ प्रिये हाम्रो धर्ती माता। यसै धर्तीमा यसरी नै बाँचिरहेको छु म पनि त्यो ठुट्टे बुडो रुख सरह। सबै छन् मेरो वरिपरि तर पनि एक्लो छु म पनि त्यो ठुट्टे रूख जस्तै। कहिले बतास सित बात गर्छु, चिसो स्पर्शमा न्यानो अनुभुत हुन्छ। खोलानाला पहाड पर्वत आफ्नो बनाउँछु। अनि कहिले काँही मलाई निस्पष्ट अध्याँरो रात औधी मनपर्छ ताकि मेरो हृदयभित्रको दियो बालेर तिमीलाई खोज्न सकुँ।

आजलाई इति!
तिम्रो सानु

साई नन्दन, दिलाराम, टुङ्ग -दार्जिलिङ

वि.सं.२०७८ असार १२ शनिवार ०७:४९ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...