back
CTIZAN AD

युरोकप २०२० का अन्तिम आठका खेलहरु आजबाट सुरु हुदैँ, कुन-कुन टिमबीच हुँदैछ त भिडन्त ?

वि.सं.२०७८ असार १८ शुक्रवार

654 

shares

१८ असार, काठमाडौँ । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ मा जित निकाल्दैँ बेल्जिमय, चेक रिपब्लीक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले अन्तिम आठमा प्रवेश गरेको हुन ।

आजबाट सुरु हुने क्वाटरफाइनलको पहिलो खेलमा स्वीटजरल्यान्डले स्पेनकाे सामना गर्ने छ । विश्वकप जितिसकेको फुटबलको महाशक्ति स्पेन युरोकपको मुख्य दाबेदार हो । स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५-३ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । तर विश्वकप विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै स्वीटजरल्यान्डले पनि युरोकपमा आफ्नो दाबेदारी प्रस्तुत गरिसकेकाले यो खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । स्वीट्जरल्याण्ड स्पेनबीचको खेल नेपाली समय अुनसरा आज राति ९:४५ बजेबाट सुरु हुनेछ ।

आज हुने अर्को खेलमा बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । युरो कप २०२० मा यी दुवै टिम अपराजित रहेका छन । युरोकप छनोटमा पनि दुवै टोलीले आफ्ना सबै १० खेल जितेका थिए ।

समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको इटलीले अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको थियो । उता फिफा वरियतामा शिर्ष स्थानमा रहेको बेल्जियमले पनि साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । यी दुवै टिमले युरोकपमा आफ्नो दाबेदारी प्रस्तुत गरिसकेकाले आज हुने क्वाटरफाइनलको खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ । बेल्जियम र इटली बिचको खेल नेपाली समय अनुसार राति १२स्४५ बाट सुरु हुनेछ ।

क्वाटरफाइनलका बाँकी दुई खेल शनिबार हुनेछन । जसमा चेक रिपब्लिकले डेनमार्कको सामना गर्ने छ भने युक्रेनले इंग्ल्याण्डको सामना गर्ने छ ।

वि.सं.२०७८ असार १८ शुक्रवार १०:३७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...