back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ असार १९ शनिवार

1.7K 

shares

( १ )
आधा बाटो हिडे पछि बल्ल भेट भयो हाम्रो
जिउडाल त ठिकै लाग्यो बोली रहेछ चाम्रो
हतारमा सम्बन्ध गाँसेर पश्चात्ताप मान्नुभन्दा,
भेटघाट नगरी जतिसक्दो टाढै बसेको राम्रो ।
( २ )
जनता रोग र भोकले मरिरहँदा हाँसी रहनुपर्ने
बडाले जातीय विभेदको माला गाँसी रहनुपर्ने
कस्तो खालको लोकतन्त्र हुर्किदै छ यो देशमा,
चर्को विरोध हुँदा पनि कुर्सीमा टाँसी रहनुपर्ने ।
( ३ )
कहिले यता त कहिले उता गरेका छन्
जता ठूलो भाग मिल्छ उतै सरेका छन्
आफ्नै स्वार्थको पछाडि दौड्ने नेताले,
लोकतन्त्रको भ्रम जनतामा छरेका छन् ।
( ४ )
गरीबका पीडा नाप्न नसकिने गहिरा हुन्छन्
बर्खा याममा दुःख दिने बाढी र पहिरा हुन्छन्
अप्ठ्यारो पर्दा जतिसुकै हारगुहार मागे पनि,
ढुङ्गाको मन भएका मान्छेहरू बहिरा हुन्छन् ।
( ५ )
बादल पारिको देशमा सहर हुन्छ कि हुन्न माया
मेरा दुःख देख्दा तिम्रो मुटु छुन्छ कि छुन्न माया
जिन्दगीमा एकपछि अर्को गर्दै पीडा दिई रहयौं
मैले छलकपट गरे त्यो मन रुन्छ कि रुन्न माया ।

 

वि.सं.२०७८ असार १९ शनिवार ०६:२४ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...