back
CTIZAN AD

कथा: भेक्सिन

वि.सं.२०७८ असार १९ शनिवार

834 

shares

‘जाउ न कान्छा भेक्सिन लगाउ । गाउँका सबैले लगाइसक्यो । अब पनि खेलाँची नगर है कान्छा ! कुनै बिमारी भईगयो भने त भेक्सिन नलगाउनेहरुको स्वस्थ जाँच गर्दैन अरे नि डाक्टरले पनि’– अन्तरीले भन्दै थिईन् । सधै उसले जाने बुझेकै कुरा त गर्छीन् नि मलाई ।

अन्तरीको कुरा सुनेपछि मैले पनि अपत्यारिलो पाराले –‘अपुई होर ?’ भन्दै व्यंग्यले मुसुक्क हाँसी दिए । अन्तरीको कुरा यतिमा सकिने होइनन् नै ! उसले अझै बात थप्दै जान्छिन् –‘भेक्सिनलाई तिमीले त साह्रै खेलाची ठान्छौ त कान्छा ? जुन समय आफुलाई पर्छ नि हाउ उतिबेला पो चाख्छौ त । मैले भनेको सही कुरा रहेछ कि के रैछ बुझ्छौ पनि । आगोले जब पोल्छ तब मात्र आत्था भन्ने तिम्रो जब्बरे बानी चै कसैले नपाएको नै तिमीले मात्रै पाउँछौ ।’ उसैको कुरा माथि पार्छ । कति ठिकै भए पनि प्रायः गलत नै सही । उसको कुरा सुनेपछि मेरो मुख पनि कहाँ नचिलाएको हो र । प्याच्चै भनिदि पो हालें – ‘आउ ! अन्तरी तिमी चहि मेरो नेता हौ कि स्वास्नी हाउ । नेताले पो पछि भेक्सिनको मुद्दा बनाउछ लागेको थियो । तिमीले पो यो मुद्दा घरेलु बनाएछौ त हगि ? भेक्सिन भन्दा ठुलो कुरा अनुशासन हो बुझ्यौ नि कुरा ? अनुशासन हुने देश कोरोनाको बीउ फैलाएर पनि उ आफै चाँहि बाँच्नु सिकेर कति दूरी टाड़ो हिड़ी सक्यो । खै ! त तिम्रो र मेरो चहि अनुशासनको टेड़पुच्छर नगर्ने भेक्सिने देश पर्यो । भेक्सिन लगाउ । भिड़भाड़ नजाउ । माक्स लगाउ । समाज दुरुत्व बनाउ । सेनिटाइजर गर। कुरा एउटै छ त । भेक्सिन लगाउ कि नलगाउ । तर अनुशासित बनेर पो कोरोनासितको महायुद्ध जितिन्छ । मान्छे भेक्सिन लगाएर पनि मरिरहेकै छ नि । भेडाको प्रवृतिले कहाँ हुन्छ र यतिबेला । एउटा अघि हिड़े सबै पछि–पछि हिँडेर हुन्न नि । भेक्सिन लगाउदाको ताँती लाईन हेर न । कोरोना निवारणको भेक्सिन हो कि निमन्त्रणको हो ? खै ! त्यहाँ अनुशासन? खै ! त भिड़लाई कोरोना को डर ?’ मेरो प्रतिक्रियाले उसको चित्त बुझ्यो कि दुख्यो । तर उसको शब्दद्वार भने अवश्यै बुच्चियो ।

उसको हात बिसाएको छैनन् । अरुवा चामल केलाउँदै निफन्छिन् । निफान्छिन् फेरी बात । जोड़्दै–जोड़्दै उसको कुरानै सकिँदैन । उसको हात र अर्को मुख बिसाउदै बिसाउदैन । उसले भन्दै छिन् –‘काम नगरि माम छैन । लाइन नगई औषधी नै छैन नि कान्छा । आफुलाई आवश्यकता छ घरमै भेक्सिन उड़ेर आउँछ क्याउ कान्छा ? हन ! के कुरा गरेको ? मान्छे छिप्पी सक्यो क्यारे ! बुद्धि रैछ कलिलै हे बाबै !’ भनेर उ आफै हाँसेर मेरो खिल्ली पो उड़ाईन् त । हाइप्रेशर वाला म मान्छे रीसको पारो सुइत्तै माथि पुगेछ मेरो त । हे हरि ! फेरि घरको छाना उचाल्ने गरि कराइदिए – ‘जा जा बाठी बोल्छस् धेरै सुनेकै भरमा । भेक्सिन लगाउ कि नलगाउ तेरो कुरा किन सुन्ने म । मेरो मन र बिचार हो । यस बिषयलाई चयन गर्ने बुझिस् के ? आफै मात्र पेट भरेर अरुको पेट छिन्ने स्वार्थी ठाँउ हो यो । माटो भनेर बाटोमै रम्ने ठाउँ हो यो ।

जसरी देशलाई थाहा छैन परारसाल सड़कमै गरिब कठाङग्रिएर मरेको दुःखद कुरा । उ चिया श्रमिक । चिया बगानमा बसोबिसो गर्ने हरेक घर श्रमिक हौ । श्रमिक हुनु भनेको नै जोताएका–जोतिएकै जिन्दगी त हो नि । मूल्यमा बृद्धिले आकाश छोइसक्यो । त्यसरी नै लकडाउनले तन्किएरै महिनौ पार गरिसक्यो । समाजिक दुरूत्वको कुरा हाँकेर बगानमा चहि बिभिन्न समाज,गाउँका श्रमिकहरु भेला भएर काम चलिरहेको छ । खै ! त रोग सित लड़ने अनुशासन त्यहाँ ? यस्तो स्थितिमा आफुहरू भर पर्ने यस्तो कुनै जमिन छ । न त समाउने हाँगा नै छ । छ भने पेट भोको हुने डर ।

निकासको युद्ध लड़ेर बिकास भर्ने ठाउँ हो यो भाई–भतिजवादले ढाकिएको ठाउँ हो यो । घोटालाले घोटिएर नै सकिएको ठाउँ हो यो । ठाड़ो शिरलाई झुकिएर शत्रु अघि आत्मसमर्पण गरेको ठाउँ हो यो । एउटै समाजमा बसेर समाजकै सदस्यलाई राजनीतिकरण गर्दै बुढो बनेको ठाउँमा हो यो । यहाँ यसरी बाँच्नु भन्दा बरू कोरोनाले भेटेर पहिला म नै मर्नु परोस् । तर भेक्सिन लगाउँदिन बुझिस् के तैले । अहँ ठ्याक्कै लाउदिन ।’ मेरो कुरा सुनेपछि उ हाँसेर भगाईदिईन त मेरो रिस । उ हाँसेको देखेर म झस्के । हैट यति सानो कुरोमा निकै खैलाबैला पो गरिपठाएछ ु। सम्झिएर लाज पो लाग्यो नि । सानो बिषयमा फ्यातुलो व्यवहार देखाएछु गाँठे । पलाक्क पुलुक्क हेरें । ओल्लो घर, पल्लो घरकालाई कतै मैले रमिता त देखाई पठाइन भन्ने ठानी ।

फेरि सोच्छु । अन्तरीको कुरा भनेको नै अरुले बात मारेको टिपटाप पारेर मेरो कानमा खनाई दिनु त हो नि । बिचारी उ साह्रै सोझी पो छिन् । उसलाई पनि त डर छ कोरोना रोगको । जसरी देशलाई डर छ आर्थिकको । तर उसलाई थाहा छैन । यस्तो भयावय स्थितिमा पनि श्रमिकले न्याय नपाएको कुरा । जसरी देशलाई थाहा छैन परारसाल सड़कमै गरिब कठाङग्रिएर मरेको दुःखद कुरा । उ चिया श्रमिक । चिया बगानमा बसोबिसो गर्ने हरेक घर श्रमिक हौ । श्रमिक हुनु भनेको नै जोताएका–जोतिएकै जिन्दगी त हो नि । मूल्यमा बृद्धिले आकाश छोइसक्यो । त्यसरी नै लकडाउनले तन्किएरै महिनौ पार गरिसक्यो । समाजिक दुरूत्वको कुरा हाँकेर बगानमा चहि बिभिन्न समाज,गाउँका श्रमिकहरु भेला भएर काम चलिरहेको छ । खै ! त रोग सित लड़ने अनुशासन त्यहाँ ? यस्तो स्थितिमा आफुहरू भर पर्ने यस्तो कुनै जमिन छ । न त समाउने हाँगा नै छ । छ भने पेट भोको हुने डर । कोरोना भयावह बनिरहेकै छ । यतिबेला पनि गरिब मरिरहेकै त छ नि बिना रोग त्यही कामले, दामले र मामले । यस्तो स्थितिमा हामी लोग्ने स्वास्नी पो भेक्सिन स्वीकार र अस्वीकारको खिचातानीको संग्राममा हम्मिएर रमिता पो पारेछु बाफरे बाफ…।

 

वि.सं.२०७८ असार १९ शनिवार ०६:२७ मा प्रकाशित

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...