back
CTIZAN AD

कविता: यो प्राण माटोको निम्ति

वि.सं.२०७८ असार १९ शनिवार

753 

shares

थियो नेपालीको विगत दिनमा त्याग दरिलो ।
थिए हाम्रा पुर्खा कठिन तहले देश बनियो ।।
र माटोमा धेरै रगत पसिना त्याग गरिँदा ।
छ हाम्रो नेपाली परिचय यहाँ सुन्दर सदा ।।
।।१।।
सुगौलीमा हाम्रा विचलित भए इज्जत अनि ।
गुमे नेपालीका हर पहलका त्याग र पनि ।।
दिएका थ्यौं सारा सहमति सदा नैतिक गति ।
गुलामी पो ठान्दै मिलन हुनमा बन्द छ मति ।।
।।२।।
छ हाम्रो नेपाली अतिक्रमणमा भूमि अहिले ।
दुवै मेचीकाली पनि दिनदिनै मिच्न जहिले ।।
छिमेकी बढ्दैछन् सहज गतिले रात दिनमा ।
उठौं नेपाली हो, रगत पसिना हात दिनमा ।।
।।३।।
मिचाहा पेलाहा अघि अति बढे फुत्त खुकुरी ।
चलाएमा माटो वरपर कतै एक चपरी ।।
छ नालापानीको समर सबमा याद अमर ।
र कालापानीमा चमक खुकुरी मात्र छ भर ।।
।।४।।
हटाओ गिद्दे ती नजर सबले भाग पहिले ।
बढाओ सम्झौता विगत दिनका सन्धि जहिले ।।
छ माया माटोको अति प्रिय कथा सुन्दर अति ।
गए जावोस् प्राणै सहज सितले छैन विमति ।।
।।५।।

छन्द : शिखरिणी

 

वि.सं.२०७८ असार १९ शनिवार ०६:२९ मा प्रकाशित

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...