back
CTIZAN AD

कविता: छोरामान्छे

वि.सं.२०७८ असार १९ शनिवार

1.3K 

shares

उ बल्नुपर्छ
उ जल्नुपर्छ
उसले घरलाई उज्यालो छर्न
हावा हुरी झेल्नुपर्छ
आफु पोलिनुपर्छ
किन कि उ छोरामान्छे ।

उसले रुनु हुँदैन
उ देखाएर रुदैन
तर
छोरीमान्छेले भन्दा बढि
छोरामान्छेले रुनुपर्छ ।

घरको दिपक उ
उ बलेर घर उज्यालो हुन्छ
त्यसैले
उसले झरी भन्न पाइदैन
घाम भन्न पाइदैन
उ अहोरात्र खट्नुपर्छ
चिराग भएर बल्नुपर्छ
किन कि उ छोरामान्छे ।

उ कहिले बाफिनुपर्छ
उ कहिले रापिनुपर्छ
खरानी किन नहोस्
उ हरबखत तातिनुपर्छ
उ चीसो भयो कि,
घरमा अभावले डेरा हाल्छ
छोरामान्छे भएकै कारण
उ सकि नसकि दन्किनुपर्छ ।

मानौं
छोरामान्छे मेसिन हो
जे काम गरेर
जस्तो काम गरेर
उसले गरगर्जो टार्नुपर्छ
मुस्किल समस्या हल गर्नुपर्छ ।

न कि कुनै स्वार्थ
बिलकुल निस्वार्थ
उ खट्नुपर्छ
उ खटिएर घरको चुलो बाल्नुपर्छ
नुनदेखि सुनसम्म
उ छोरामान्छेले पुर्याउनुपर्छ ।

 

 

वि.सं.२०७८ असार १९ शनिवार ०६:३२ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...