back
CTIZAN AD

कविता: कवि हरिभक्त कटुवाल बाजे र म

वि.सं.२०७८ असार १९ शनिवार

774 

shares

हरिभक्त कटुवालले
पहिला कफि शपको पल्लो बेन्चमा बसेर भन्थे
अचेल गाउँको चौतारोमा बसेर भनिरहन्छन्
यो जिन्दगी खै के जिन्दगी
मैले पनि यही भनिरहें
मेरो हजुर’बा,बा–खलकले यस्तै भनिरहन्थे
भन्ने हुन् कटुवालकै शब्द !
मेरा छोरा–छोरी, ना–नातिना र त्यो पुस्ताले
हुन पनि
प्लाष्टिकका सस्ता चप्पल जस्तै छ यो परिस्थिति
हिँड्दा नहिँड्दै बाटामै च्याट्ट टुटिगयो
कुनै युवतीको हातमा नचढ्दै काँचका चुरा जस्तै
हालको समय प्याट्ट फुटिसक्यो
प्रथम मानवकै हातमा नचढ्दै
पहिलो दर्जाकै गुँडमा नखस्दै
यो व्यवस्थाको ललिपप अण्डा
फुटिगयो प्याट्ट !

कटुवाल बिँडी के सल्काउदै थिए
मैले थुतुनोबाटै खोसेर भनिदिएँ
‘अब त बताउनुस् यो जिन्दगीको खै ! र केको रहस्य ?’
कटुवाल झन् मौन भए

पहिला म कफि सफको वल्लो टेबुलमा थिएँ
पछि देउरालीको रोदीघर नेर
गिलासमा टाँसिएको शीत संकलन हुञ्जेल कुरें
र अन्तिम एक थोपा पनि पिएर ब्युँझिएँ
भोलि कतै फेला पारेँ भने कटुवाल बाजेलाई
कहाँ छोड्छु त्यसै !
जिन्दगी र खै ! को जवाफ नमागी
आज उम्किगए
म पनि झपक्क भएँ र पो

 

वि.सं.२०७८ असार १९ शनिवार ०६:३३ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...