back
CTIZAN AD

लायन्स क्लबद्वारा खत्रीको उपचारमा सहयोग

वि.सं.२०७८ असार २१ सोमवार

561 

shares

२१ असार, गण्डकी । पोखरा महानगरपालिका–२१ कृस्ती ठुलाचौरकी १६ वर्षीय भगवती खत्रीलाई मुखमा ट्युमर पलाएपछि उपचार नै हुँदैन कि भन्ने चिन्ता थियो ।

जन्मजातै नाकमा सानो फोको आएको र पछि विस्तारै बढ्दै गएर मुखसहित अनुहार नै छोपिन थालेसँगै उनलाई जटिल समस्या परेको हो ।ट्युमरले एकाएक अनुहार नै छोप्न थालेपछि भगवतीसँगै खत्री परिवार ठूलै समस्यामा परेको थियो ।

निम्नवर्गीय परिवारमा देखिएको सो समस्या उपचार नै नपाइने डरले थप चिन्तित बनेको अवस्थामा सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ पोखरा चौतारी सहयोगीका रूपमा आएपछि यतिखेर खत्री परिवारमा खुसियाली छाएको छ ।

भगवतीको लायन्सको सहयोगमा अहिले उपचार भइरहेको छ । भगवतीको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा आज शल्यक्रिया हुने तयारी भइरहेको उनका बुबा गङ्गाबहादुर खत्रीले जानकारी दिए । “छोरीको उपचारको कुराले हामी निकै चिन्तित थियौँ, लायन्स क्लब अफ पोखरा चौतारी यतिखेर हाम्रो परिवारका लागि भगवान् नै भएर आएको छ”, उनले भने ।

भविष्य निर्माण माविमा विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गर्न पुगेको लायन्स क्लबको टोलीले विद्यार्थी भगवतीको चिन्ताजनक अवस्था देखेपछि उपचार गरिदिने वातावरण तयार गरेको हो ।

“मुखमा बढेको ट्युमरका कारण खाने कुरा खानभन्दा पनि पानी पिउन असाध्यै अप्ठेरो हुने गरेको थियो”, भगवतीले भनिन्, “पहिलो पटक २०७७ वैशाखमा सुष्मा कोइराला मेमोरियल अस्पताल शल्यक्रिया गरेपछि केही सहज भएको थियो पछि पुनः बढ्दै गएको छ ।”

पोखरा–२१ स्थित भविष्य निर्माण माविमा कक्षा १० मा अध्ययनरत उनले भनिन्, “भाग्यले अप्ठेरो पारे पनि परिवारको सहयोग तथा विद्यालयमा सर र साथीको माया एवं उत्साहले अध्ययनलाई निरन्तरता दिन सके अहिले त उपचार गरिदिन लायन्स क्लब नै मेरो लागि भगवान् बनेर आएको छ ।”

लायन्स क्लबको समन्वयमा अस्पतालले सबै उपचार निःशुल्क गरिरहेको छ । अघिल्लो पटक शल्यक्रिया गर्दा अस्पतालमा आवतजावत एवं कुरुवाका लागि लाइन्सबाट रु ४० हजार सहयोग गरिएको थियो भने यस पटक पनि रु ५० हजारसहित भगवतीलाई पठाइएको लायन्स क्लब अफ डिष्ट्रिक्ट ३२५ (वी वान) का कोचिफ एडभाइजर मोहनबाबु खड्काले जानकारी दिए ।

पोखरा चौतारीका पूर्वअध्यक्ष समेत रहेका उनका अनुसार यो सहयोग लायन्सका सदस्यबाट सङ्कलन गरिएको हो । उपचारको अन्य सम्पूर्ण खर्च पनि साथीहरुबाट सहयोग जुटाएर नै गरिने छ । भगवतीको डा सन्तोषविक्रम भण्डारीले उपचार गरिरहेका छन् । उनका अनुसार भगवतीको ट्युमरको तीन पटक शल्यक्रिया गर्नुपर्छ ।

कृषिकार्य गरी जीविकोपार्जन गर्दै आएको भगवतीको परिवारमा बुबा वडा कार्यालयका कार्यालय सहयोगीका रूपमा काम गर्दै आएकबा छन् भने आमा राधा घरयसी काममा नै व्यस्त छिन् । एउटा दिदी र भाइसमेत रहेकी भगवतीका लागि उपचार असहज भएका अवस्थामा लायन्सबाट गरिएको सहयोग अतुलनीय भएको परिवारको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलका अनुसार क्लबले ट्युमर बढेका कारण कष्टकर जीवन बिताउन बाध्य विद्यार्थी भगवतीको उपचारमा महत्वपूर्ण सहयोग पुर्याउनुका साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएर ठूलो गुन लगाएको छ ।

वि.सं.२०७८ असार २१ सोमवार १०:५७ मा प्रकाशित

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ  । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...