back
CTIZAN AD

झापाका उद्योगी अग्रवालको निधन

वि.सं.२०७८ असार २४ बिहीवार

702 

shares

२४ असार, झापा । झापा भद्रपुरका उद्योगी तथा समाजसेवी परशुराम अग्रवालको निधन भएको छ ।

झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका ६२ बर्षीय अग्रवाल अग्रवालको कोरोना संक्रमितका कारण निधन भएको हो । भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा उपचारत अग्रवालको बुधबार मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि गत जेठ ३१ गते पीसीआर परीक्षण गरिएकोमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएसँगै केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि असार ४ गते भारतको सिलिगुडी लगिएको थियो । उपचारपछि स्वास्थमा सुधार हुँदै गएपनि बुधवार दिउँसो अचानक अवस्था गम्भिर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा चिकित्सकले केही घण्टामै उनको मृत्यु भएको जानकारी गराएका थिए ।

व्यवसायसँगै समाजसेवामा समेत सक्रिय रहेका उनको जिल्लामा मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हल लगानी रहेको छ ।

वि.सं.२०७८ असार २४ बिहीवार १९:१२ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...