back
CTIZAN AD

विचार मिल्नेहरुसँग एकता गर्दै राप्रपा, तामाङको संयोजकत्वमा वार्ता समिति

वि.सं.२०७८ असार २४ बिहीवार

1.2K 

shares

२४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समान विचारधारा भएका समूह र व्यक्तिसँग एकता गर्ने निर्णय गर्दै वार्ता समिति गठन गरेको छ ।

एकता महाधिवेशनको मिति तोकेर कार्यतालिकासमेत बनाएको राप्रपाले यसबीचमा समान विचारधारा भएका समूह र व्यक्तिसँग एकता गर्ने निर्णय गर्दै ता बुद्धिमान तामाङको संयोजकत्वमा जगत गौचन र ऋषिबाबु परियार सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।

पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बुधबारको बैठकले उद्वव पौडेलको संयोजकत्वमा आर्थिक समिति समेत गठन गर्दै आर्थिक क्षेत्रसम्बन्धी अन्तरक्रिया कार्यक्रमको जिम्मेवारीसमेत दिइएको केन्द्रीय सचिवालय सदस्य भास्कर भद्राले जानकारी दिए।

त्यस्तै राप्रपाले बुद्धिजीविसँग अन्तरक्रिया गर्नका लागि भुवन पाठकको संयोजकत्वमा प्रा.डा.जयन्तनाथ खनाल र प्रा.डा.यादवप्रसाद ढुंगाना सदस्य रहेको आयोजक समिति गठन पनि गरेको छ ।

राप्रपाले आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

वि.सं.२०७८ असार २४ बिहीवार १९:३४ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...