back
CTIZAN AD

टोपबहादुर भन्छन् – माओवादी केन्द्र अझै पनि छापामार शैलीमा छ

वि.सं.२०७८ असार २५ शुक्रवार

588 

shares

असार २५, काठमाडौं । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) भूमिगत र छापामार शैलीमा चलिरहेको आरोप लगाएका छन् । शुक्रबार निर्वाचन आयोग पुगेका उनले यस्तो आरोप लगाएका हुन् ।

विगत ९ वर्षदेखि महाधिवेशन नभएका कारण माओवादी केन्द्र अवैध रहेको उनको भनाई छ । ‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दल सम्बन्धी ऐनअनुसार चलिरहेको छैन, एकप्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ’, उनले भनेका छन्, ‘करिब २८, २९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन, एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको, त्यसपछि २०७८ सालसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन ।’

उनले अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्न नमिल्ने पनि जिकिर गरेका छन् । जनताबाट प्रत्यक्ष निर्वाचिन जनप्रतिनिधिहरुलाई अवैधानिक पार्टीले कसरी कारबाही गर्न मिल्छ ? उनको प्रश्न छ ।

उनले भनेका छन्, ‘एमाले, माओवादीको एकतालाई शून्य समय मानेपनि करिब ७ वर्ष भयो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावधिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरियो । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’

शुक्रबार नेता रायमाझीसँगै माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु साहलगायत निर्वाचन आयोगमा पुगेका थिए । उनीहरुले माओवादी केन्द्र खारेजी गर्न माग गर्दै गरिएको निवेदन तत्कालै कारबाही प्रक्रियामा लैजान माग गरेका थिए ।

वि.सं.२०७८ असार २५ शुक्रवार १५:५३ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...