१,
सकसमा जनता
खोजी भयो जतातता
सरकार तिमी छौ कता ?
२,
लाजमर्दो यो खेल
यहाँ को पास को फेल ?
कसी लाग्दैमा जालझेल !
३,
हरुवालाई तक्मा
श्रीमान् बाटै जालझेल
संविधानलाई नै चक्का !
४,
नरहे पनि छायाँ
मनमा अमर मायाँ
भेटिने सधैं दायाँबायाँ !
५,
कुरा हो यो ठूलेको
काँस जस्तै छ फुलेको
सुने बगैंचामा डुलेको !
६,
हुदैन बूढो मन
डुली राख्छ रनवन
तिर्खालु हुदै जान्छ झन !
७,
सधैं ठाक्क र ठुक्क
विपक्षी देखेर ढुक्क
गति छाडा निकम्मा थुक्क !
८,
कति चाहिन्छ धन ?
कैले अघाउँछ मन ?
ए ! हन्तकाले लोन भन !
९,
शून्य देखिन्छ फाँट
पातलियो भेटघाट
निको लागेन छाँटकाँट !
१०
चिम्टु झैँ भो चुटुक्क
भै छौ वैंशालु पुटुक्क
बेरौंकी मायाले सुटुक्क ?
११,
जो आयो उन्नाईस
कोही देखिदैन बीस
राजनीतिज्ञ सबै ठिस !
ने ग उ म न पा–२०, राँझा एयरपोर्ट बाँके
वि.सं.२०७८ असार २६ शनिवार ०६:१५ मा प्रकाशित






























