back
CTIZAN AD

कविता खाली ! खाली !! रहेँछु म

वि.सं.२०७८ असार २६ शनिवार

966 

shares

के के न छु किझैँ गर्दै-उकाला उक्लिएँछु म
चौतारीमा पुगी लामो-सासमा पुक्किएँछु म !
असङ्ख्य सपना बुन्दै-परेली झिम्किएँछु म
भित्रसम्म पुगी छाम्दा-खाली ! खाली !! रहेँछु म !!

कैयौँ ताण्डवका निम्ति-शिवझैँ उफ्रिएँछु म
परीका प्यारमा छम्छम्नृ-त्यमा गुज्जिएँछु म !
उल्कापात कतै होला-भन्दै दौडिदिएँछु म
उभ्भी जमीनमा हेर्दा-खाली ! खाली !! भएँछु म !!

दुनियाँ देवता होला-हो, धरा ठान्थेँ स्वर्ग म
आमा बाबु अझैअग्ला-मान्थेँ पर्वत हुन् कि म !
मिथ्याको गहिरो खाल्डो-अँधेरोमा रहेँछु म
ससानो दीपमै खोज्दा–खाली!खाली !! भएँछु म !!

पढेँ क्यै उफ्रिएँ ‘सारा-बुझेँ’ झैँ चम्किएँछु म
लेखेँ क्यै ‘सर्व संसार-लेखेँ’ झैँ गम्किएँछु म !
ऐले भित्र पसेँ हेरेँ -सन्नाटा सुनसान म
छामेँ छामीरहेँ जम्मै-खाली!खाली!!रहेँछु म !!

पाउँदा मञ्जमा ताली-अग्लो आली चढेँछु म
गालीका बातमा रीस-घोडा दौडी दिएँछु म !
पाइला मञ्चमा ऐले-सुकेको काठमा छु म
यता हेर्छु उता हेर्छु -खाली ! खाली !! भएँछु म !!

पढाएँ हल्लिदै गर्जी-ठानेँ गुरु ठूलो छु म
विद्यार्थीका नसा छामेँ-बुझाएँ मख्खमा छु म !
लात्तले हातले पिट्दै-सोचेँ ‘असल’ मा छु म
ऐले फर्की त्यता हेर्छु-खाली ! खाली रहेँछु म !!

खाएँ जागीर पैसाको-लाएँ धाक धनी छु म
मैनावारि लिएँ मख्ख-परेर फर्किएँछु म !
खात खात गरी जम्मा-हठले अग्लिएँछु म
आज हेर्छु सबै रित्तो-खाली ! खाली !! भएँछु म !!

छन्द: अनुष्टुप

वि.सं.२०७८ असार २६ शनिवार ०६:१८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...