१
वर्षाको याम
लट्ठिएको बिहानी
मादक स्वप्न
२
गुफाको बास
खपिनसक्नु ताप
कोरोना–त्रास
३
असारे गीत
मुसलधारे वर्षा
बादलु प्रित
४
एक्लो परेवा
असारको झरीमा
जीवनको ठट्टा
५
पंखाको चिसो
रोगीलाई नर्सको
चुम्बनजस्तो
६
आकाश रुँदा
मेलम्ची बजारमा
आँसुको भेल
७
स्वप्निल परी
अबगाले दौंतरी
भोरको झरी
८
पीपलु हावा
मिठो सपनाको
उषा किरण
९
पागल–प्रेमी
शहरको बाढीमा
डुङ्गा ख्याउँछ
१०
बिहानीपख
बिजुलीको चम्काइ
वि.सं.२०७८ असार २६ शनिवार ०६:२० मा प्रकाशित






























