परे चोट गाढा कलेजीहरूमा;
झरे आँशु मोती परेलीहरूमा ।
सजाएर आशा यता लौ वसन्ती;
सुके फूल दिलका मझेरीहरूमा ।
नयनमा भरेर झरेको छ आँशु;
छ भुङ्ग्रो मनैका अगेनीहरूमा ।
न भित्रै सरेको न बाहिर परेको;
छ चल्दै गुजारा बलेसीहरूमा ।
खुशी ओठका आँशुले नै बगाए;
हराएछ हाँसो कलेंटीहरूमा ।
वि.सं.२०७८ असार २६ शनिवार ०६:२२ मा प्रकाशित






























