back
CTIZAN AD

लघुकथाः बसभाडा

वि.सं.२०७८ असार २६ शनिवार

855 

shares

बानेश्वर क्याम्पसबाट परीक्षा सकिएपछि घर फर्कने बेला रामहरि, कृष्ण र म सँगै निस्केर सिनामंगल गैरीगाउँमा पुगेर माइक्रोबस चढ्यौं । बसको कण्डक्टरले यात्रुहरुसँग भाडा माग्दै उठायो । हामी तीनैजनाको बसको भाडा रामहरिले तिरे । कृष्ण जयबागेश्वरीमा बसबाट झरे । त्यसपछि रामहरिले धुम्बाराहीमा पुगेर बसबाट ओर्लन लाग्दा ऊ त्यो दाइको पैसा मैले तिरीसके है भनेर मलाई देखाए ।

महाराजगञ्ज नारायणगोपाल चोक पुगेपछि बसको कण्डक्टरले तपाई यहाँ झर्ने होइन भने । म सामाखुशी चोकमा जाने हुं मैले भने । त्यसो भए तपाईको पैसा पुगेन कण्डक्टरले भने । मेरो पैसा अगाडि ओर्लनु भएको दाइले दिइसक्नु भएको छ अब मैले किन दिने भने । ‘तपाईको पाँच रुपैँया पुगेन’ कण्डक्टरले फेरि भने । तपाई यही झर्नु तपाईको भाडा त्यो मान्छेले यहाँसम्मको मात्र तिरेको छ नत्र पाँच रुपैँया तपाईले दिनु कण्डक्टरले भने ।

कण्डक्टरले त्यसो भनेपछि ‘म क्याम्पस पढ्ने विद्यार्थी हुँ पैसा तिर्ने दाइले म विद्यार्थी हुँ भनेर तिमीलाई भाडा तिर्दा भन्नु भएन’ मैले भने । ‘खै कार्ड देखाउनुस्’ उनले भने । मैले आफ्नो खल्तीबाट क्याम्पसको विद्यार्थीको कार्ड देखाएपछि कण्डक्टरले केही बोल्न सकेन मसँग पैसा मागेन ।

 

 

 

वि.सं.२०७८ असार २६ शनिवार ०६:२६ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...