बानेश्वर क्याम्पसबाट परीक्षा सकिएपछि घर फर्कने बेला रामहरि, कृष्ण र म सँगै निस्केर सिनामंगल गैरीगाउँमा पुगेर माइक्रोबस चढ्यौं । बसको कण्डक्टरले यात्रुहरुसँग भाडा माग्दै उठायो । हामी तीनैजनाको बसको भाडा रामहरिले तिरे । कृष्ण जयबागेश्वरीमा बसबाट झरे । त्यसपछि रामहरिले धुम्बाराहीमा पुगेर बसबाट ओर्लन लाग्दा ऊ त्यो दाइको पैसा मैले तिरीसके है भनेर मलाई देखाए ।
महाराजगञ्ज नारायणगोपाल चोक पुगेपछि बसको कण्डक्टरले तपाई यहाँ झर्ने होइन भने । म सामाखुशी चोकमा जाने हुं मैले भने । त्यसो भए तपाईको पैसा पुगेन कण्डक्टरले भने । मेरो पैसा अगाडि ओर्लनु भएको दाइले दिइसक्नु भएको छ अब मैले किन दिने भने । ‘तपाईको पाँच रुपैँया पुगेन’ कण्डक्टरले फेरि भने । तपाई यही झर्नु तपाईको भाडा त्यो मान्छेले यहाँसम्मको मात्र तिरेको छ नत्र पाँच रुपैँया तपाईले दिनु कण्डक्टरले भने ।
कण्डक्टरले त्यसो भनेपछि ‘म क्याम्पस पढ्ने विद्यार्थी हुँ पैसा तिर्ने दाइले म विद्यार्थी हुँ भनेर तिमीलाई भाडा तिर्दा भन्नु भएन’ मैले भने । ‘खै कार्ड देखाउनुस्’ उनले भने । मैले आफ्नो खल्तीबाट क्याम्पसको विद्यार्थीको कार्ड देखाएपछि कण्डक्टरले केही बोल्न सकेन मसँग पैसा मागेन ।
वि.सं.२०७८ असार २६ शनिवार ०६:२६ मा प्रकाशित






























