back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ असार २६ शनिवार

1.1K 

shares

१.
बाँच्नलाई कहिले अन्न रोप्छ कहिले अबिजालो सार्छ
जातीय दुश्मनलाई पनि आफ्नै सम्झेर अंगालो मार्छ
प्राकृतिक बिपत्तिमा समेत विचलित नभएको भाग्यलाई
निष्ठुरी बिधाताले खोस्रीएर निधार झन्झन् भिरालो पार्छ ।।
२.
बाँचेका छौं आफ्नै धर्म संस्कृतिको पहिचान बोकेर
अझ शिरमाथी राष्ट्रिय अखण्डताको निशान बोकेर
पटकपटक वितण्डा मच्चाई रहन्छ प्रकृतिले पनि
रोग अनि बाढी पहिरो सँगसँगै आउँछ चिहान बोकेर ।।
३.
बाटो बिर्सिएर खोलाले अर्कै बाटो अपनाएर गयो
गाउँ ,वस्ती, पाखा, पखेरा, पुल, पुलेसा बगाएर गयो
घरेलुु झैँ झगडामा रूमलिन्छन् अचेल धुन्धुकारीहरू
आयातित मदारी आयो बाँदरलाई झैँ नचाएर गयो ।।
४.
बालेर धुस्नो फलामको खानीलाई गलाउछु भन्छन्
हनुमानहरू कुराले सुनको लंका जलाउछु भन्छन्
देशको भविष्य अन्यौलमा पारेर कर्तव्यच्युतहरुले
राष्ट्रियता आर्यघाट पुर्याएर सर्कार चलाउछु भन्छन् ।
५.
घुसपैठ गराएर जितेको खेल हराएर जान्छन्
खेलाडीको कान फुक्छन् झेल गराएर जान्छन्
आफ्ना भन्ने पन्छाएर…नजिक पराइ तानेपछि
गाउँ,शहर जताततै आँसुको भेल बगाएर जान्छन् ।।

वि.सं.२०७८ असार २६ शनिवार ०६:३१ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...