प्राकृतिले नि दिइन् अझ साथ नै ।
मनमनै कति बाहिर लौ खुले,
विरहका जति भावहरू भुले ।१।
नयनमा सपनाहरु सुन्दर,
छ जता पनि रूप मनोहर ।
प्रलयका लयका पथ दूर छन् ,
हृदयका कविता न त क्रुर छन् ।२।
प्रगतिका गतिला उपलब्धि छन्,
समयका भयका न त ताप झन् ।
डुलिरहे पृथिवीभरि आज यो,
झिलिमिली छ सधै हर साझ यो ।३।
विजयका जयका रसिला कथा,
न त कतै छ यहाँ नमिठा व्यथा ।
जहरका हरका मनमा पनि,
सुनिरहू सरिका रसिला ध्वनि ।४।
प्रहरमा हरमा छ बढियो अघि,
शिखरमा सहजै चढियो अघि ।
सुखहरू मसितै कति छन् कति,
सबतिरै कति छन् कति सारथि ।५।
छन्द: द्रुतविलम्बित
वि.सं.२०७८ असार २६ शनिवार ०६:३८ मा प्रकाशित






























